अपाङ्गता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय नीति कार्यान्वयनमा जोड

विराटनगर ४ फागुन । अपाङ्गता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय नीति कार्यान्वयनमा सरोकारवालाहरुले जोड दिएका छन् । बौद्धिक अपाङ्गता अभिभावक महासंघ नेपालको आयोजनामा आज विराटनगरमा अपाङ्गता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय नीति २०८० सार्वजनिक कार्यक्रममा अपाङ्गता भएका व्यक्ति सम्बन्धी नीतिहरु बनेपनि कार्यान्वयन पक्ष कमजोर रहेको बताएका थिए । प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर वस्नेतले राष्ट्रिय नीति […]

स्वीस सरकारका प्रतिनिधि र कोशी प्रदेशका मुख्यमन्त्री कार्कीबीच भेटवार्ता

विराटनगर ४ फागुन । स्वीस सरकारका प्रतिनिधि र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की बीच आज भेटवार्ता भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा नेपालका लागि स्वीस सरकारका प्रतिनिधि हेड अफ कर्पाेरेशन म्याथिस मेयर र सल्लाहकार नवीन वाग्लेसहितको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको हो । भेटवार्तामा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले स्विस सरकारले गरेको सहयोग र सहकार्य को […]

अध्यादेश सहमतीमा पारित हुन्छ : एमाले महासचिव पोखरेल

विराटनगर ३ फागुन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले ल्याएको अध्यादेश सहमतीका आधारमा पास हुने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले आज सत्तापक्षहरुबीच आज बैठकबाट सहमतीका कायम हुने विश्वास व्यक्त गर्नु भयो । महासचिव पोखरेलले अध्यादेशका लागि सहमती व्यक्तिगत सांसदबाट होइन राजनीतिक दलको नेतृत्ववाट लिने बताउनु भयो । उहाँले […]

भौतिक विकाससँगै मानवीय संशाधनको विकासमा लागेका छौं : मुख्यमन्त्री कार्की

विराटनगर, ३ फागुन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार भौतिक विकाससँगै मानवीय संशाधनको विकासमा पनि काम गरिहेको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कोशी प्रदेश सरकारद्वारा आज आयोजित‘कोशी प्रदेश सरकारको सातौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । कोशी प्रदेश सरकार स्थापना भएको सात वर्षको अवधिमा सरकारले विकास निर्माणमा महत्वपूर्ण […]

संखुवासभाली टाेलीद्वारा प्रदेश सरकार समक्ष ‘सिटी स्क्यान मेसिन’ खरिदकाे माग

विराटनगर ३ फागुन । जिल्ला अस्पताल खाँदबारीका लागि ‘सीटी स्क्यान मेसिन’ खरिद प्रक्रिया अघि बढाइदिनुपर्ने माग गर्दै संखुवासभाबाट सर्वदलीय टोली कोशी प्रदेशको राजधानी विराटनगर आइपुगेको छ । कोशी प्रदेश सरकारले जिल्ला अस्पताल खाँदबारीका लागि ‘सीटी स्क्यान मेसिन’ खरिद गर्न चालु आर्थिक वर्ष २०८१–०८२ मा ७ करोड रूपैयाँ विनियोजन गरेको थियो । तर, समयमै खरिद प्रक्रिया […]