राज्य प्रणालीको समीक्षा हुनुपर्छ : नेता सिटौला

विराटनगर, ११ जेठ । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलाले संविधान जारी भएको १० वर्ष भइसकेकाले राज्यको सबै प्रणालीको समीक्षा हुनु पर्ने बताउनुभएको छ । उहाँले आज पत्रकारहरुसँगको भेटघाटमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी(एमाले) मात्रले संविधान संशोधन गर्न नसकिने भन्दै संविधान संशोधनका निम्ति प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सरकार पनि आवश्यक पर्ने […]

सहकारी अपचलनकर्तालाई कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध : मुख्यमन्त्री कार्की

विराटनगर १० जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सहकारी अपचलनमा संलग्नलाई कुनै पनि बहानामा छुट नदिई निर्ममताका साथ कानुनी कारबाहीमा ल्याइने स्पष्ट पार्नु भएको छ । शनिबार विराटनगरमा आयोजित “सहकारी ऐन र कार्यान्वयनका चुनौती” विषयक कार्यक्रममा बोल्दै उनले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई कुनै दबाव वा प्रभावमा नपरी काम गर्न निर्देशन दिनुभयो । मुख्यमन्त्री […]

जनताले अनुभूति गर्ने गरि स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गरिने छ : मन्त्री पौडेल

विराटनगर १० जेठ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको अनुभूति जनताले गर्ने गरी स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउनु पर्ने बताउनु भएको छ । गणतन्त्र दिवसको उपलक्ष्यमा गणेशमानसिंह फाउण्डेशन मोरङ , नेपाल रेडक्रस सासाईटी , मोरङ र लायन्स क्लव अफ विराटनगरद्वारा शनिवार मोरङको धनपालथान गाउँपालिका – ३ सोराभागस्थित शिवशक्ति माविमा आयोजित वृहत स्वास्थ्य शिविरको उद्घाटन गर्दै […]

राजतन्त्र पक्षधरहरूको हिंसात्मक प्रदर्शन : १०८ जनाविरूद्ध मुद्दा चलाउनुपर्ने राय

विराटनगर ९ जेठ । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजतन्त्र पक्षधरहरूको हिंसात्मक प्रदर्शनका क्रममा पक्राउ परेकाहरूमाथि अनुसन्धान सकेर प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार आज १०८ जनाविरूद्ध मुद्दा चलाउनुपर्ने रायसहित सरकारी वकिलसमक्ष प्रतिवेदन दर्ता गरिएको हो । प्रहरीले यसका लागि ९० […]

एकीकृत समाजवादी मोरङले सरकारलाई बुझायो स्मरणपत्र

विराटनगर ९ जेठ । ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने मूल नाराका साथ देशव्यापी अभियानमा जुटेको नेकपा एकीकृत समाजवादीले यसअघि बुझाइएको मागपत्रबारे प्रधानमन्त्रीलाई पुनः स्मरणपत्र बुझाएको छ । एकीकृत समाजवादीको मोरङ जिल्ला कमिटीले शुक्रबार मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई स्मरणपत्र बुझाएको छ । ‘हामीले यसअघि नै जिल्ला प्रशासनमार्फत प्रधानमन्त्री र सरकारको ध्यानाकर्षण गराइसकेका छौं’, […]