जनताले अनुभूति गर्ने गरि स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गरिने छ : मन्त्री पौडेल

विराटनगर १० जेठ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको अनुभूति जनताले गर्ने गरी स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउनु पर्ने बताउनु भएको छ ।
गणतन्त्र दिवसको उपलक्ष्यमा गणेशमानसिंह फाउण्डेशन मोरङ , नेपाल रेडक्रस सासाईटी , मोरङ र लायन्स क्लव अफ विराटनगरद्वारा शनिवार मोरङको धनपालथान गाउँपालिका – ३ सोराभागस्थित शिवशक्ति माविमा आयोजित वृहत स्वास्थ्य शिविरको उद्घाटन गर्दै उहाँले स्वास्थ्य क्षेत्रमा देखिएका वेथितीलाई अन्त्य व्यवस्थित गरी नागरिकले सहजरुपमा स्वास्थ्य सेवा प्राप्त गर्न राज्यले लगानी वढाउनु पर्ने विचार राख्नु भयो ।

मन्त्री पौडेलले अन्तर्राष्ट्रिय क्षेत्रको अभ्यास अनुसार अनुसार नागरिकको लगानीमा वीमा मार्फत नागरिकले सहज र सरल रुपमा निःशुल्क स्वास्थ्य सेवा उपचार हुने स्थिति बनाउनु पर्ने सुझाव दिनु भयो ।
उहाँले स्वास्थ्य मन्त्रलयले आगामी बजेटमा सम्पूर्ण संगठित क्षेत्रमालाई वीमामा जोड्ने प्रस्ताव गरेको जानकारी दिदै श्रमिकले श्रम गर्न जाने देशले सम्पूर्ण स्वास्थ्य उपचार सेवा दिनु पर्ने, स्वास्थ्य कर र राज्यले दिएको विभिन्न शीर्षकको स्वास्थ्य सुविधा वीमामा जोडनु पर्ने प्रस्ताव पेश गरेको बताउनु भयो ।
मन्त्री पौडेलले गत फागुन महिनामा ५० लाख नागरिकको स्वास्थ्य अवस्था वुझ्ने कार्य भएको र जटिल अवस्थामा भएकाको उपचार गर्ने पद्दतीको विकास शुरु गरेको बताउनु भयो ।

उहाँले विराटनगर–१० स्थित शैलजा आचार्य हृदयरोग केन्द्रलाई क्याथ ल्याव प्रदान गरेको चर्चा गर्दै यसलाई व्यवस्थित एवं सुचारु रुपले सञ्चालन गर्नका लागि आवश्यक सहयोग प्रदान गर्ने प्रतिवद्धता व्यक्त्त गर्नु भयो ।

मन्त्री पौडेलले मन्त्रालयले सात प्रदेशमा क्यान्सर रोग उपचार केन्द्रको विस्तार गरेको जानकारी दिँदै मुटु रोग र मानव अङ्ग प्रत्यारोप गर्ने कार्यक्रम प्रदेशमा क्रमशः विस्तार गर्दै जाने बताउनु भयो ।
प्रदेश सभा सदस्यहत्रय अमृत अर्याल, डोल्मा तामाङ र गयानन्द मण्डल गनगाईले धनपालथान गाउँपालिकामा निर्माणाधिन १५ शैय्या अस्पतालको लागि आवश्यक सहयोग उपलव्ध गराउन आग्रह गर्नुभयो ।

फाउण्डेशनका अध्यक्ष फलकुमार लालवानी, धनपालथान पालिकाका अध्यक्ष जिवछ गच्छदार,शिव प्रधान र नेपाल रेडक्रस सोसाईटी मोरङका अध्यक्ष सुकदेव मण्डलले मोरङका दुर्गम क्षेत्रका जनतालाई सहज उपचारका लागि यस प्रकारको स्वास्थ्य शिविर आगामी दिनमा समेत गर्ने जानकारी गराउनुभयो ।

एक दिने स्वास्थ्य शिविरमा न्यूरो कार्डियो मल्टिस्पेशियालिटी हस्पिटल प्रालि विराटनगरले चिकित्सक सहित ५० जना स्वास्थ्यकर्मीले क्षयरोग,न्यूरो, हाडजोर्नी,फिजिसियन,ग्यास्ट्रोलोजी, डाइटिसियन,स्त्री रोग,आँखा, चर्म, स्वासप्रश्वास, अल्ट्रासाउड सेवा , रगत जाँच लगायत सेवा प्रदान गरिरहेको छ ।