एमाले मोरङ ६ ले विराटनगरमा चुनावी सभा गर्दै, उपमहासचिव भट्टराईले संवोधन गर्ने

विराटनगर १८ फागुन । नेकपा एमाले मोरङ क्षेत्र नं. ६ ले आज अन्तिम चुनावी सभा गर्दै छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारले प्रचारप्रचार गर्ने अन्तिम दिन हो । मध्यरातीदेखि मौन अवधि शुरु हुँदैछ ।

विराटनगर महेन्द्र चोकमा अपरान्ह ४ वजे उम्मेदवार विनोद ढकालको अन्तिम चुनावी सभा कार्यक्रम हुने एमाले विराटनगरका अध्यक्ष बलराम गिरीले जानकारी दिनुभयो ।

क्षेत्र नं. ६ को चुनावी सभालाई एमाले उपमहासचिव योगेश भट्टराई, नेताहरु लालबाबु पण्डित लगायतका नेताहरुले संवोधन गर्ने अध्यक्ष गिरीले बताउनुभयो ।