विराटनगर १८ माघ । मोरङ क्षेत्र नं. ६ का एमाले उम्मेदवार विनोद ढकालको अन्तिम चुनावी सभा भव्य रुपमा सम्पन्न भएको छ । चुनावी सभामा हजारौंको सहभागिता रहेको थियो ।
विराटनगर महानगरपालिका कार्यालय अघिको सडकबाट र्याली सहित शुरु भएको अन्तिम चुनावी सभा महेन्द्र चोकमा पुगेर कोणसभा गरि सम्पन्न भएको हो ।
चुनावी सभामा एमाले उपमहासचिव योगेश भट्टराई, पूर्व उपाध्यक्ष गुरु बराल, पूर्व स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री लालबाबु पण्डित, केन्द्रीय सदस्य पर्शुराम बस्नेत लगायतका नेता कार्यकर्ताहरु सहभागी भएका थिए ।
चुनावी सभालाई संवोधन गर्दै उपमहासचिव भट्टराईले विराटनगरको शाख फर्काउने कामको नेतृत्व विनोद ढकालले मात्र गर्न सक्ने बताउनु भयो । विराटनगरलाई अन्र्तराष्ट्रिय स्तर सम्म चिनाउन र यहाँका बासीन्दाको आत्मसम्मान बढाउने काम एमाले नेता ढकालले मात्रै गर्न सक्ने उहाँको भनाई छ । विराटनगरले ढकाल जस्तो योग्य र प्रतिभाशाली प्रतिनिधि खोजिरहेको उपमहासचिव भट्टराईले बताउनुभयो ।
एमाले मोरङ क्षेत्र नं. ६ को अन्तिम चुनावीसभालाई विराटनगरमा संवोधन गर्दै उपमहासचिव भट्टराइले एमाले उम्मेदवार ढकाललाई जिताउन क्षेत्रवासीमा आग्रह गर्नुभयो ।
उम्मेदवार विनोद ढकालले मुलुकको राजनीतिक राजनीपितक स्थायीत्वका लागि एमालेलाई निर्णायक तहमा पुर्याउन आवस्यक रहेको बताउनुभयो । उहाँले पछाडी परेको विराटनगरको शाखलाई फर्काउने प्रतिबद्धता जनाउनुभयो ।
विराटनगरले सही प्रतिनिधि पाउन नसकेका कारण हरेक क्षेत्रमा पछि पर्दै गएको उहाँले बताउनुभयो । नयाँ विराटनगर बनाउने अभियानको नेतृत्व लिन आफु तयार रहेको उहाँले बताउनुभयो ।
विराटनगर सहित क्षेत्र नं. ६ को शिक्षा, स्वास्थ्य लगायतको समग्र क्षेत्रको विकासका लागि अमूल्य मतदान गरि विजयी गराउन आग्रह गर्नुभयो । उहाँले निर्वाचन प्रतिबद्धता अनुसार काम गर्ने बताउनुभयो ।
मोरङ क्षेत्र नं. ६ का २० वटै वडामा उल्लासपूर्ण सहभागितामा घरदैलो, कोणसभा कार्यक्रम सम्पन्न भएको एमाले वराटनगर महानगर कमिटीका अध्यक्ष बलराम गिरीले जानकारी दिनुभयो ।
निर्वाचन मुल प्रचारप्रसारको १७ दिन सम्म आईपुग्दा विभिन्न पार्टी परित्याग गरि सयौंको संख्यामा एमाले प्रवेश गरेको उहाँले जानकारी दिनुभयो ।