बजेटको आकार १९ खर्ब ६४ अर्ब ११ करोड

विराटनगर १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसद्को संयुक्त बैठकमा बजेटको आकारबारे जानकारी गराएका हुन् । यसमध्ये चालु खर्च ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात ६०.१ प्रतिशत, पूँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड अर्थात २०.८ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ अर्थात १९.३ प्रतिशत विनियोजन गरिएको छ ।

बजेट बेहोर्ने स्रोतमध्ये राजस्वबाट १३ खर्ब १५ अर्ब, वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड रहेका छन । वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब जुटाइने भएको छ ।

आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब आन्तरिक ऋणबाट बेहोरिने भएको छ । यो चालु आवको विनियोजनको तुलनामा ५.६ प्रतिशतले बढी हो ।