अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अदालतको विषय: महामन्त्री थापा

विराटनगर २३ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वप्रधानमन्त्री माधवकुमर नेपाल माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अदालतका विषय भएकाले कुनै टिप्पणी नगर्ने बताउनुभएको छ । विराटनगर विमान स्थलमा आज सञ्चारकर्मीहरुसँगको भेटघाटमा उहाँले पूर्वप्रधानमन्त्री नेपाल माथिको मुद्दाको सम्मानपूर्वक निरुपण गरोस् भत्रुभयो । उहाँले नेपाली कांग्रेसको आगामी महाधिवेशन हुनु अगावै क्रियाशील सदस्यको विषय टुङ्गो […]

विराटनगरमा आजदेखि उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन शुरु हुँदै

विराटनगर २२ जेठ । विराटनगरमा आजदेखि उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन शुरु हुँदैछ । विराटनगर महानगरपालिकाको आयोजनामा आज र भोलि दुई दिने राष्ट्रिय सम्मेलन हुने भएको हो । सम्मेलनमा ६ वटा महानगरका उपप्रमुख, ११ उपमहानगरका उपप्रमुख, कोशी प्रदेशका १३६, मधेस प्रदेशका ७३, वागमती प्रदेशका ४१ र बाँकी ५ वटा प्रदेशका केही पालिकाका गरी कूल २९१ […]

पूर्वराष्ट्रपति भण्डारी विराटनगरमा, उपप्रमुखहरुको सम्मेलन र विज्ञान प्रदर्शनीमा सहभागी हुने

विराटनगर २२ जेठ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी विराटनगर आउनु भएको छ । विराटनगरमा भोलिदेखि शुरु हुने उपप्रमुखहरुको राष्ट्रिय सम्मेलनमा सहभागि हुन आज उहाँ विराटनगर आउनु भएको हो । उपप्रमुखहरुको सम्मेलन बाहेक पूर्वराष्ट्रपति भण्डारीको कोशी प्रदेशमा अन्य कार्यक्रममा पनि सहभागि हुने उहाँको सचिवालयले जनाएको छ । एमाले कोशी प्रदेश विज्ञान तथा प्रविधि विभागले झापाको विर्तामोडमा जेठ […]

माधव नेपालविरुद्ध १८ करोड ५८ लाख बिगो दाबी, ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

विराटनगर २२ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतन्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको  छ । नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो जरिवाना र सजाय मागदाबी सहित भ्रष्टाचार मुद्दा दायर भएको छ । अन्यको हकमा भने विगो रकम फरक फरक छ । […]

विराटनगरमा उपप्रमुखहरुको सम्मेलन हुँदै

विराटनगर २१ जेठ । विराटनगर महानगरपालिकाले स्थानीय तहका उपप्रमुखहरुको आगामी जेठ २३ र २४ गते दुई दिने राष्ट्रिय सम्मेलन आयोजना गर्दै छ । सम्मेलनमा ६ वटा महानगरका उपप्रमुख, ११ उपमहानगरका उपप्रमुख, कोशी प्रदेशका १३६, मधेस प्रदेशका ७३, वागमती प्रदेशका ४१ र बाँकी ५ वटा प्रदेशका केही पालिकाका गरी कूल २९१ जना उपप्रमुख तथा उपाध्यक्षहरुको सहभागिता […]