उपप्रमुखहरुको राष्ट्रिय भेला विराटनगरमा, पूर्वराष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

विराटनगर २१ जेठ । विराटनगरमा देशभरीका उपप्रमुखहरुको भेला हुने भएको छ । आगामी शुक्रबार र शनिबार हुने भेलाका लागि देशभरका उपप्रमुहरुको सम्मेलनका लागि आयोजक विराटनगर महानगरपालिकाले पत्राचार गरिसकेको जनाएको छ । सम्मेलनको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ ।

सम्मेलनमा देशभरिका उपप्रमुख तथा उपाध्यक्षहरुको काम, कर्तव्य र जिम्मेवारीका बारेमा छलफल हुनेछ । यस्तै कानुनले दिएको अधिकार र कार्यान्वयनमा चुनौतीलगायतको वियषमा पनि घनिभूत छलफल हुने विराटनगर महानगर उपप्रमुख शिल्पा निराला कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो,‘ पालिकाका उपप्रमुख र उपाध्यक्षहरु अझै पनि आफ्नो काम, कर्तव्य र जिम्मेवारीका सम्बन्धमा प्रष्ट नभएकाले त्यस सम्बन्धमा छलफल गर्दै प्रष्ट पार्न सम्मेलन आयोजना गरिएको हो ।’

कानुनमा नितीगत सुधार गर्नुपर्ने र संशोधन गर्नुपर्ने कुराहरु के छन् ती सबै विषय समेटेर एउटा घोषणपत्र तयार गरिने पनि उपप्रमुख कार्कीले जानकारी दिनुभयो ।