कोशी प्रदेश : वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित

विराटनगर, ११ जेठ । कोशी प्रदेश सभामा आज बसेको बैठकले‘ प्रदेश सरकारको तर्फबाट प्रदेश सभामा प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रम’ बहुमतले पारित भएको छ ।

मुख्यन्त्री हिक्मतकुमार कार्कीले नीति तथा कार्यक्रम पारित गरियोस् भनी गर्नु भएको प्रस्तावमा कोशी प्रदेश सभा नियमावली, २०७४ को नियम ३८(३) बमोजिम सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले पारित भएको हो । नीति तथा कार्यक्रममा प्रदेश सभा सदस्य गोम्बु शेर्पा र खिनु लङवा लिम्बूले संयुक्त रुपमा गर्नु भएको संशोधनको प्रस्ताव बहुमतले अस्वीकर गरेको थियो । नीति तथा कार्यक्रमको छलफलमा ४६ जना सांसदहरुले भाग लिई विभित्र जिज्ञासा र सुझाव दिनुभएको थियो ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रतिस्पर्धामा श्रेष्ठता हासिल गरी ‘स्वच्छ, सुखी र समुन्त प्रदेश’ निर्माण गर्न सरकार दृढ संकल्पित छ भत्रुभयो । उहाँले प्रदेश संरचनाको महत्व र आवश्यकतालाई केन्द्रमा राखी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ गर्ने प्रदेश सरकारको प्राथमिकता हो भन्दै आन्तरिक राजस्वको दायरा विस्तार, वित्तीय सुशासन र विकासका लागि स्रोतको दिगो व्यवस्थापन गर्न नीतिगत एवं संस्थागत सुधार गर्ने कुरामा जोड दिनुभयो । उहाँले भौतिक पूर्वाधार, कृषि, सूचना प्रविधि लगायत अन्य पूर्वाधार र नीतिगत संरचना निर्माणलाई उच्च प्राथमिकता दिई प्रदेशको दिगो विकासमा जोड दिने भन्दै प्रदेश लगानी सम्मेलनका उपलब्धीलाई संस्थागत गर्दै सार्वजनिक निजी सहकारी साझेदारी तथा निजी अवधारणमा परियोजना विकास र निर्माण गर्न संस्थागत एवं नीतिगत सुधारमा सरकारले जोड दिनेछ भत्रुभयो ।

कोशी पर्यटन वर्ष २०८२लाई पर्यटन विकासको आधार वर्षको रुपमा लिई नीतिगत, संरचनागत, पर्यटकीय पूर्वाधार विकास एवं प्रवद्र्धन गर्दै राष्ट्रि पूँजीको निर्माणमा योगदान दिने नीति तथा कार्यक्रमको प्राथमिकता हो भन्दै मुख्यमन्त्री कार्कीले छलफलमा उठेका विषय र ज्ञिजासलाई सम्बोधन गर्ने कुरामा जोड दिनुभयो । उहाँले जनशक्तिको अभाव कार्यसम्पादनमा केही समस्या आएपनि सेवा प्रवाहका क्षेत्रमा प्रदेश सरकार यथोचित प्रयास गरेको छ भन्दै गएको वर्ष भन्दा यसवर्ष आन्तरिक राजस्वमा सरकारले सफलता हासिल गरेको छ भत्रुभयो ।

मुख्यमन्त्री कार्कीले व्यक्ति होइन, नीति प्रधान हुन्छ भन्दै सरकारका राम्रा नीति र गौरवका योजनामा सबैले सहयोग गर्नु पर्ने धारणा राख्नु भयो । उहाँले प्रदेश सरकारले दोस्रो आवधिक योजनालाई आधार बनाएर नीति तथा कार्यक्रम ल्याएको स्पष्ट पार्दै सरकार शासकीय प्रणालीमा सुधार गरी सुशासन कायम गरेको विचार राख्नुभयो । उहाँले पहाडी क्षेत्रमा हुने बसाइँसराईलाई रोक्न पहाडी क्षेत्रमा अस्पताल र शिक्षालय स्थापना गर्ने सरकारको योजना छ भन्दै रोजगारीका थप योजनाहरु सञ्चालन गर्ने सरकार प्रतिबद्ध छ भत्रुभयो ।

‘कोशी प्रदेश विनियोज विधेकयको सिद्धान्त र प्राथमिकता, २०८२’ आजै सदनमा प्रस्ताव हुने प्रदेश सभासचिवालयका उपसचिव गौतम अमात्यले जानकारी दिनुभयो ।