विराटनगर २३ वैशाख । मोरङको रतुवामाइ नगरपालिकाका पदाधिकारीविरुद्ध परेको रिटमा उच्च अदालत विराटनगरले अन्तरिम आदेश जारी गरेको छ । कोभिडको समयमा संकलन भएको तथा खरिद गरिएको खाद्यान्न, औषधिलगायतका अत्यावश्यक राहत सामग्री मिति गुज्रँदासम्म थन्क्याएर राखी डम्पिङ साइडमा नष्ट गरेको भन्दै नगरपालिकाका मेयर नागेश्वरप्रसाद सिंह, पूर्वनगर प्रमुख रविन राईलगायतविरुद्ध उच्च अदालतमा रिट दायर भएको थियो । […]
विराटनगर २१ वैशाख । नेकपा एकीकृत समाजवादीको प्रदेश कमिटीले जनजीविकाको सवालमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई ज्ञापनपत्र बुझाएको छ। प्रदेश कमिटीकी अध्यक्ष सरिता खड्काले विभिन्न माग राखी ज्ञापन पत्र बुझाउनुभएको हो। उहाँले प्रदेशले तत्काल गर्नुपर्ने र भविष्यमा गर्नुपर्ने विभिन्न विषय समेटेर ज्ञापनपत्र बुझाउनुभएको हो। ज्ञापनपत्र बुझ्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशले सक्ने […]
विराटनगर १९ वैशाख । कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलन १ खर्ब ५२ अर्ब १६ करोडको परियोजनामा एमओयु भएको छ । शुक्रबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डाक्टर सरोज कोइराला र लगानीकर्ताहरुबीच सम्झौता भएको छ । प्रदेश लगानी प्राधिकरणका अनुसार कृषिका आठ परियोजनामा ३ अर्ब, […]
विराटनगर १९ वैशाख । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी हुँदै नेपाल पुलिस क्लव फाइनलमा प्रवेश गरेको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा विहिबार भएको समुह वि को अन्तिम लिग खेलमा पाहुना टोली भारतको असम क्रिकेट […]
विराटनगर १८ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश लगानीको लागि निकै अनुकूल भएको बताउनुभएको छ। कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनको उद्घाटनपछि सम्बोधन गर्दै उहाँले सडक सञ्जाल, कानुनी अवस्था र अन्यकुराहरुको कारण अहिलेको सवस्था अनुकुल रहेको बताउनुभयो । उहाँले कोशी प्रदेशमा सबैतिर सडक सञ्जाल जोडिएकाले कच्चा पदार्थ ढुवानी र उत्पादनलाई बजारसम्म पुर्याउन कुनै […]