कोशी प्रदेशसभा सचिव पराजुलीको राजीनामा स्वीकृत

विराटनगर १४ कात्तिक । कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीको राजीनामा स्वीकृत भएको छ । प्रदेशसभाको सभामुख अम्वरबहादुर विष्टले राजीनामा स्वीकृतका लागि कात्तिक ९ गते प्रदेश प्रमुख परशुराम खापुङ समक्ष सिफारिस गर्नु भएको थियो । प्रदेशप्रमुख खापुङले कात्तिक १६ गतेदेखि लागु हुनेगरि राजीनामा स्वीकृत गर्नु भएको बताईएको छ । सर्वाेच्च अदालतले गत प्रदेशसभा सचिव पराजुलीलाई गत […]

कोशी प्रदेश प्रमुख खापुङ्ग समक्ष अख्तियार वार्षिक प्रतिवेदन हस्तान्तरण

विराटनगर १३ कात्तिक । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औं वार्षिक प्रतिवेदन आज वुझाइएको छ । प्रदेश प्रमुख खापुङ्गलाई आयोगको इटहरी कार्यालयका प्रमुख खगेन्द्रप्रसाद रिजालले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आयोगको आर्थिक वर्ष २०८१-८२ को बार्षिक प्रतिवेदन वुझाउनु भएको छ । प्रदेश प्रमुख खापुङ्गले प्रतिवेदन वुझदै […]

नेरूडे मिर्मिरे लघुवित्तको त्रैमासिक समीक्षा

विराटनगर १३ कात्तिक । नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाद्धारा कोशी प्रदेश कार्यालय अन्र्तगत रहेका ६७ वटा शाखा कार्यालयहरुको आ.व.२०८२-८३ को प्रथम त्रैमासिकको प्रगती समिक्षा, कार्यदिशा तथा प्रशिक्षण गोष्ठी विराटनगरमा सम्पन्न भएको छ । कात्तिक ११ र १२ गते संचालन भएको उक्त कार्यक्रममा संस्थाको यस आ.व. को प्रथम त्रैमासिकको समिक्षा गरी लक्ष्य अनुसारको उपलब्धि, चुुनौती र आगामी […]

०४६ सालपछि लाभको पदमा पुगेका एमालेका सवै नेताहरुको सूची सार्वजनिक गरिने

विराटनगर १२ कात्तिक । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका इन्चार्ज शेरधन राईले ०४६ सालपछि लाभको पदमा पुगेका एमालेका सवै नेताहरुको सूची सार्वजनिक गरिने बताउनु भएको छ । एमालेले नेताहरुको सूची तयार गरिरहेको उहाँले जानकारी दिनुभयो । छानवीनका लागि एमालेले सरकारलाई आह्वान गर्ने उहाँको भनाई छ । नेता राईले भन्नुभयो,‘ एमालेले नेताको सूची […]

कोशी प्रदेशका मन्त्रीहरु परिवर्तन हुने

विराटनगर १२ कात्तिक । कोशी प्रदेशका मन्त्रीहरु हेरफेर हुने भएका छन् । मन्त्रीहरुको कार्यसम्पादन मूल्यांकन र सार्वजनिक रुपमा प्रश्न उठेका मन्त्रीहरु परिवर्तन गरिने एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका इन्चार्ज शेरधन राईले जानकारी दिनुभयो । आज प्रेस चौतारी मोरङले आयोजना गरेको संवाद कार्यक्रममा नेता राईले सत्तासाझेदार नेपाली कांग्रेससँग छलफल गरि मन्त्रीहरु परिवर्तनको काम अघि […]