नेरूडे मिर्मिरे लघुवित्तको त्रैमासिक समीक्षा

विराटनगर १३ कात्तिक । नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाद्धारा कोशी प्रदेश कार्यालय अन्र्तगत रहेका ६७ वटा शाखा कार्यालयहरुको आ.व.२०८२-८३ को प्रथम त्रैमासिकको प्रगती समिक्षा, कार्यदिशा तथा प्रशिक्षण गोष्ठी विराटनगरमा सम्पन्न भएको छ ।

कात्तिक ११ र १२ गते संचालन भएको उक्त कार्यक्रममा संस्थाको यस आ.व. को प्रथम त्रैमासिकको समिक्षा गरी लक्ष्य अनुसारको उपलब्धि, चुुनौती र आगामी कार्ययोजना बारे विस्तृत छलफल गरिएको थियो ।

संस्थाका का.मुु.प्रमुुख कार्यकारी अधिकृत भागनारायण साहूूले कार्यक्रमको उद्देश्य माथी स्पष्ट पादै वर्तमान परिस्थितिमा विपन्न वर्गमा लघुवित्त कार्यक्रमको प्रभावकारिता र आवश्यकता सबैमा पुर्याउनु पर्नेमा जोड दिएका थिए ।

कोशी प्रदेश कार्यालयका प्रदेश प्रमुुख शम्भु घिसिङ्गले स्वागत मन्तव्य राख्दै कारोबारको गुणस्तर वृद्धि र जोखिम न्यूनीकरण गर्दै प्रभावकारी कार्यविस्तार गर्न सके मात्रै लक्ष्य अनुसारको प्रगती हुने प्रष्ट्याएका थिए ।

शाखा तथा क्लष्टर प्रमुखहरुले आ–आफ्नो लक्ष्य अनुसारको प्रगती प्रस्तुतीकरण दिएका थिए । त्यसैगरी संस्थाका सहायक कार्यकारी प्रमुख ऋषिप्रसाद न्यौपाने र  दिनेश कटुवालले अगामी दिनमा थप उपलब्धी हासिल गर्न प्रोत्साहन तथा रणनीतिहरु प्रदान गरी आगामी अवधिमा अझ प्रभावकारी रुपमा कार्यक्रमहरु संचालन सम्बन्धमा जानकारी गराउनुको साथै सुधार आवश्यक रहेका क्षेत्रहरुमा विशेष ध्यान दिन सुुझाव दिएका थिए ।

समिक्षा गोष्ठीमा संस्थाका अनुगमन तथा असुुली विभागका विभागीय प्रमुुख वेदप्र्रसाद आचार्यले कर्जा असुली रणनीति सम्बन्धमा, कर्जा विभागका कर्मचारी केदार प्रसाद महतोले कर्जा लगानी योजना सम्बनधमा र योजना विभागका सुमन थापाले संस्थाको वार्षिक योजना कार्यान्वयन सम्बन्धमा स्पष्ट पारेका   थियो ।

कार्यक्रममा वर्तमान परिस्थितिमा विपन्न वर्गमा लघुवित्त कार्यक्रमको प्रभावको समिक्षा, प्रगति र व्यक्तित्व विकासको विषयमा छलफल भएको थियो ।

त्रैमास अवधिमा भएको कार्य सम्पादनको विषयमा पनि समिक्षा गर्दै आगामी कार्य योजनाको बारेमा समेत छलफल भएको थियो ।