विराटनगर किङ्सले ल्यायो फाप डु प्लेसिस

विराटनगर १४ कात्तिक । दक्षिण अफ्रिकाका फाप डु प्लेसिसले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । विराटगरले सामाजिक सञ्जालमार्फत डु प्लेसिसलाई भित्राएको जानकारी दिएको हो ।

डु प्लेसिस हालसम्म एनपीएलमा भित्रिने ठूलो नाम हो । ४१ वर्षीय डु प्लेसिसले सन् २०११ देखि २०२२ सम्म दक्षिण अफ्रिकाको राष्ट्रिय टोलीबाट खेलेका थिए । उनले दक्षिण अफ्रिकाका लागि ६९ टेष्ट, १४३ एकदिवसीय र ५० टी–२०आई खेल खेलेका छन् ।

टेष्टमा ४ हजार १६३, ओडिआईमा ५ हजार ५०७ र टी–२०आईमा १ हजार ५२८ रन बनाएका छन् । उनले टेष्टमा १० शतक र २१ अर्धशतक प्रहार गरेका छन् ।

ओडिआईमा १२ शतक र ३५ अर्धशतक तथा टी–२०आईमा एक शतक र १० अर्धशतक प्रहार गरेका छन् ।