विराटनगर १८ मंसिर । अपाङ्गता भएका व्यक्तिहरुको ३३ औं विश्व दिवसका अवसरमा विराटनगरमा आज प्रभातफेरि निकालिएको छ । विराटनगर महानगरपालिका, राष्ट्रिय अपाङ्ग महासंघ, करुणा फाउन्डेसन नेपाल, सिविआर लगायतका संस्थाहरुको अगुवाईमा विराटनगर महानगरपालिका परिसरबाट प्रभातफेरि निकालिएको हो । प्रभातफेरिमा विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्की, कोशी प्रदेश सामाजिक विकास मन्त्रालयका निमित्त सचिव फणिन्द्र खत्री लगायत सरोकारवाला […]
विराटनगर १८ मंसिर । विराटनगर महानगरपालिका अन्र्तगतका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई अभिमुखीकरण दिईएको छ । महानगरपालिका अन्र्तगतका १९ वटै वडाका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई पाठेघरको मुखको क्यान्सरका लागि परीक्षण गर्नुपर्ने उमेर, यसका लक्षणहरु, उपलब्ध जाँचहरु, उपचार विधिहरु र फैलिएको गलत धारणाका बारेमा प्रशिक्षण दिईएको थियो । करुणा फाउन्डेसनसँगको सहकार्यमा विराटनगर महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका […]
विराटनगर १७ मंसिर । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नियुक्त हुनु भएको छ । भण्डारीलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज मन्त्रीमा नियुक्त गर्नुभएको हो । उहाँले आज साँझ नै प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ । विवादास्पद जापान भ्रमणका कारण तत्कालीन आन्तरिक मामिला […]
मोरङ ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका १३ जना उम्मेदवारको जमानत जफत । विराटनगर १७ मंसिर । मोरङ ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका १६ उम्मेदवार मध्ये १३ जना उम्मेदवारको जमानत जफत भएको छ । माओवादी केन्द्र, कांग्रेस र एमालेका उम्मेदवार बाहेकका १३ उम्मेदवारले जमानत जोगाउन सकेनन् । कुल १८ हजार ५७७ मत खसेकोमा १८ […]
विराटनगर १७ मंसिर । माेरङ ग्रामथान गाउँपालिकाकाे अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमाेनारायण माझी निर्वाचित हुनु भएकाे छ । केहीवेर अघि सम्पन्न अन्तिम मतपरिणाम अनुसार माझीले ६ हजार ९ सय ६९ मत प्राप्त गर्नु भएकाे छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बलराम सरदारले ५ हजार ३३३ मत प्राप्त गर्नुभयाे । नेकपा एमालेका तुल्सीराम विश्वासले ४ […]