प्रदेशले नाम पायो, अव संरचना निर्माणमा लाग्छौं : मुख्यमन्त्री कार्की

विराटनगर २४ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामकरण टुङ्गीएसँगै सरकारको ध्यान संरचना निर्माण तर्फ भएको बताउनु भएको छ । संवैधानिक व्यवस्था अनुसार दुई तिहाई बढी सांसदको समर्थनमा नामकरण टुङ्गीएसँगै पहिलो कार्यकालमा सम्पन्न हुन नसकेको काम सकिएको उहाँले बताउनुभयो । आठौं राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा कोशी प्रदेश सरकारले आयोजना गरेको पत्रकार सम्मान कार्यक्रममा […]

नागरिकलाई सुसूचित गराउन स्वतन्त्र प्रेसको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कार्की

विराटनगर २४ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नागरिकलाई सुसूचित गराउन सरकार भन्दा स्वतन्त्र प्रेसको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ । ८ औं राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै मुख्यमन्त्री कार्कीले सो कुरा बताउनु भएको हो । निर्भिकताका साथ आफ्नो स्वतन्त्रताको उपयोग गर्दै समाजलाई सुसूचित गर्न, सरकारलाई पहरेदारी गर्न राष्ट्रिय पत्रकारिता […]

भागबण्डाले विश्वविद्यालयमा विकृती : शिक्षा मन्त्री राई

विराटनगर २३ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विश्वविद्यालयहरुलाई बढी राजनीतिकरण गरिएको बताउनु भएको छ । राजनितिक भागबण्डाको आधारमा पदाधिकारी नियुक्त हुने परिपाटीको अझै अन्त्य गर्न नसकिएको भन्दै मन्त्री राईले भागबण्डाले विश्वविद्यालयमा विकृती आएको बताउनुभयो । सुन्दरहरैचाको गोठगाउँमा केन्द्रीय कार्यालय रहेको पूर्वाञ्चल विश्वविद्यालयमा बन्न लागेको सुबिधासम्पन्न सभाहलको शुक्रबार शिलान्यास कार्यक्रममा मन्त्री राईले […]

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्धारा बुद्धजयन्ती र उभौलीको शुभकामना

विराटनगर २२ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले २५६७ औं बुद्ध जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गर्नु भएको छ । बुद्ध जयन्तीको महत्वपूर्ण दिनले सबैलाई एक आपसमा मिलेर अगाडि बढ्न प्रेरणा मिलोस् भन्ने कामना गर्नु भउको छ । शुभकामना सन्देशमा मुख्यमन्त्री कार्कीले भन्नुभएको छ ,‘ बुद्ध जयन्तीले राष्ट्रियता तथा […]

छुवाछूत मुक्त राष्ट्र घोषणा कार्यान्वयन प्रभावकारी भएन : दलित महिला संघ

विराटनगर २१ वैशाख । दलित महिला संघ ( फेडो) कोशी प्रदेशले राज्यले पटक–पटक छुवाछूत मुक्त राष्ट्र घोषणा गरे पनि कार्यान्वयन प्रभावकारी नभएको बताएको छ । छुवाछूत–भेदभावलाई मानवताविरुद्धको सामाजिक अपराध कायम गरी यस्तो अपराध गर्नेलाई हदैसम्मको कारबाही व्यवस्था गरिनुपर्ने फेडोले माग गरेको छ । फेडो ले १९ बुँदे विराटनगर घोषणा पत्र जारी गर्दै सो माग गरेको […]