मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त, सुरेन्द्र लाभको नाम सिफारिस

विराटनगर २४ कात्तिक । मधेश प्रदेशको प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदबाट हटाउने निर्णय सरकारले गरेको छ ।

मन्त्रिपरिषद् बैठकले उहाँलाई पदबाट हटाउने निर्णय गरेको हो । गत शनिबार मधेश प्रदेशको मुख्यमन्त्री पदबाट जितेन्द्रप्रसाद सोनार (सोनल)ले राजीनामा दिएपछि सोमबार बिहान ४ बजे बर्दिबासको पानस होटल प्रदेश प्रमुख भण्डारीले एमालेका सरोजकुमार यादवलाई संविधानको धारा १६८ को उपधारा (३) बमोजिम नियुक्त गरी पद तथा गोपनीयताको शपथ खुवाएकी थिइन् ।

यसपछि उनी विवादमा तानिनुभएको थियो ।

सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको  हो ।