मधेश प्रदेश सरकार गठनविरुद्ध सर्वाेच्चमा रिट दर्ता

विराटनगर २४ कात्तिक । मधेश प्रदेश सरकार गठनविरुद्ध सर्वाेच्चमा रिट दायर भएको छ ।

कानुनका विद्यार्थी अर्जुन शाहले सोमबार रिट दायर गर्नुभएको हो । प्रदेश प्रमुखले संविधान विपरीत मुख्यमन्त्री नियुक्त गरेको भन्दै उक्त नियुक्ति बदरको माग राखेर शाहले रिट दायर गर्नुभएको छ ।

नेपालको संविधानको धारा १३३ बमोजिम उत्प्रेषण रिट जारी गरी मधेश प्रदेश प्रमुखद्वारा गरिएको मुख्यमन्त्री नियुक्ति बदर गरी संवैधानिक प्रक्रिया अनुसार पुनः सरकार गठनको प्रक्रिया अघि बढाउन उहाँले माग गर्नुभएको छ ।

यसअघि आजै मधेश सरकार गठनविरुद्ध रक्कीप्रसाद साह र सुजित यादवले सर्वाेच्च अदालतमा रिट दायर गर्नुभएको थियो । उनीहरूले मधेश प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेश प्रदेश सभालाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।