विराटनगर २६ माघ । बहुक्षेत्रीय पोषण कार्यक्रमको नगरस्तरीय अन्तरक्रिया सम्पन्न भएको छ । महानगरको सभाकक्षामा आयोजित कार्यक्रममा पोषणको महत्वका विषयमा जानकारी गराइएको थियो । विराटनगर महानगरका प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीको उपस्थितिमा भएको अन्तरक्रियामा प्रदेश स्वास्थ्य तालिम केन्द्रका जनस्वास्थ्य निरीक्षक गजेन्द्र यादव र प्रदेश योजना आयोगका संजीव लामा घिसिङले बहुक्षेत्रीय पोषणको महत्व […]
विराटनगर, २६ माघ । विराटनगरका सामुदायिक विद्यालयका विद्यार्थीलाई साईबर सचेतना सम्वन्धि अभिमुखीकरण दिईएको छ । नेपाल दुरसञ्चार प्राधिकरणको सहयोगमा अपिल मिडिया प्रालि काठमाण्डौंले आज विराटनगर ८ को महेन्द्र माविका ८, ९ र १० कक्षाका ८० विद्यार्थीलाई साईबर सचेतना सवन्धी अभिमुखीकरण दिईएको हो । सामाजिक सञ्जालको प्रयोग गर्दा यौन दुव्र्यवहार, वेचविखन ठगी लगायतका कार्यका साथै विभिन्न […]
विराटनगर २५ माघ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरको विकास र समृद्धिमा सहयोग गर्न अमेरिकामा बसोबास गर्ने विराटनगरवासी गैरआवासीय नेपाली (एनआरएनए)लाई आग्रह गरेका छन् । बुधबार बिहान जुम मिटिङलाई सम्बोधन गर्दै मेयर कोइरालाले विराटनगरको विकासमा विराटनगरमा जन्मिएर अमेरिकालाई कर्मथलो बनाएका एनआरएनहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे । “विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने […]
विराटनगर २४ माघ । प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङले संविधानले लोकतान्त्रिक गणतन्त्र तथा सङ्घीय शासन प्रणालीलाई संस्थागत गरेको बताउनुभएको छ । नेपालको संविधानको धारा १८४ बमोजिम प्रदेश प्रमुख खापुङले प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनलाई आज सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले यस संविधानले जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन […]
विराटनगर २४ माघ । विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोको छैटौं दिन मंगलबार मनोज गजुरेलको रोचक घोचक प्रस्तुति हुने भएको छ । साथै मिठो स्वरका कारण युवा मनहरु माझमा लोकप्रिय बनेका गायक एकदेव लिम्बुले मिठामिठा गीतहरुबाट दर्शक स्रोतालाई आनन्दित बनाउने छन् ।‘कमेडी किङ’ गजुरेलले विभिन्न व्यक्तिहरुको क्यारिकेचरका साथै एकल प्रहसन प्रस्तुत गर्नेछन् । साथै उनले समाजका […]