आदर्श टोल विकास सस्थाको साधारणसभा सम्पन्न, अटिजम केयर सोसाइटीकी संस्थापक चुडाल सहितका व्यक्तिहरु सम्मानित

विराटनगर १ माघ । विराटनगर ४ को आदर्श टोल विकास सस्थाले १० औं वार्षिक साधारणसभा गरेको छ । गत शनिबार इन्द्रेणी पार्टी प्यालेसमा भएको कार्यक्रममा सस्थाका अध्यक्ष भुपप्रसाद बास्तोलाले वार्षिक प्रतिवेदन, लेखा समितिका संयोजक गणेश बिमलीले लेखा समितिको प्रतिवेदन, कोषाध्यक्ष विश्वराज पोखरेलले आर्थिक प्रतिबेदन पेश गर्नु भएको थियो । विराटनगर महानगरपालिकाका सामाजिक शाखा प्रमुख अनिता […]

बाँतर समुदायले मनाए माघे संक्रान्ति पर्व

विराटनगर १ माघ । बाँतर समुदायले मोरङको कटहरी –५ स्थित मोध्रहामा विभिन्न कार्यक्रमको आयोजना गरी माघेसंक्रान्ति पर्व मनाएका हुन् । माघेसंक्रान्तिका दिन बाँतर समुदायहरुले आफ्नो कुल देवतालाई पूजा–आजा गरी सरदार (मुखिया) को घरमा गई गाउ“का पैरजनहरुले तिलको लड्डु, भुजाको लड्डु, चिउराको लड्डु र सुंगुरको बली दिई गेंड सिंहलाई सामुहिक पूजा–आजा गरी माघेसंक्रान्ति पर्व मनाउने परम्परा […]

धरानका प्रमुख साम्पाङद्धारा वीपी प्रतिष्ठानका कामु उपकुलपतिको कार्यकक्षमा तालाबन्दी

विराटनगर १ माघ । सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आज बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीको कार्यकक्षमा तालाबन्दी गर्नुभएको छ । बिपी प्रतिष्ठानमा बढ्दै गएको समस्या र शिक्षक कर्मचारी चिकित्सकका माग सम्बोधन गर्न नसकेको भन्दै प्रमुख साम्पाङ प्रतिष्ठानमा पुग्नु भएको थियो । प्रमुख साम्पाङले बिपी प्रतिष्ठानलाई धराशायी बनाउने कुनै […]

उद्योग संगठन मोरङको दुई दिने चेम्बर भ्रमण

विराटनगर २९ पुस । उद्योग संगठन मोरङले जिल्ला/नगर उद्योग वाणिज्य संघहरुहरुका साथ आपसी सम्बन्ध विस्तार र द्धिपक्षीय व्यवसायीक विकासको नया सम्भावना पहिल्याउने उद्देश्यका साथ दुई दिने चेम्बर भ्रमण तथा बि टु वि वैठक सम्पन्न गरेको छ । पुस २७ र २८ गते भएको भ्रमणमा उद्योग संगठन मोरङ कार्यकारी समिति, महिला उद्यमीहरु र नेपाली युवा उद्यमी […]

लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यशाला

विराटनगर २९ पुस । विराटनगर महानगरपालिकाको आयोजनामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यशाला सम्पन्न भएको छ । पहिलो कार्यशालाबाट प्राप्त मूल्यांकनको दोस्रो विश्लेषण कार्यशाला सम्पन्न भएको हो । महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उपस्थितिमा भएको कार्यशालामा महेन्द्र मोरङ क्याम्पस विराटनगरका समाजशास्त्र विभागका प्रमुख डा. चन्द्र उपाध्याय तिम्सिनाले […]