नेपाल प्रवेश गर्ने २ बंगलादेशीलाई फिर्ता पठाइयो

विराटनगर २९ साउन । भारतको जोगवनीबाट विराटनगरको रानी नाका हुँदै बंगलादेशका नागरिकले नेपाल प्रवेश गर्ने प्रयास गरिरहेका छन् । बंगलादेशीले यसअघि पनि जोगवनीबाटै नेपाल प्रवेश गर्न खोजेका थिए । बंगलादेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमसँगै त्रासका कारण त्यहाँका नागरिकले मुलुक छाड्ने क्रम चलिरहेको छ । तीमध्ये केहीले नेपाल प्रवेश गर्न खोजेको पाइएको हो । त्रासमा परेर […]

कोशी प्रदेशमा बृद्धीमुखी उद्यमशिलता र रोजगारी कार्यक्रम शुरू

विराटनगर २९ साउन। कोशी प्रदेशमा बृद्धीमुखी उद्यमशिलता र रोजगारी कार्यक्रम सुरु भएको छ । प्रदेशका ५ वटा पालिकामा ३ करोड ७५ लाख रुपैयाँको लगानीमा कार्यक्रम सुरु गरिएको हो । मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पालिका, प्रदेश सरकार र दायित्व नाम संस्थाबीच त्रिपक्षीय सम्झौता भई कार्य प्रारम्भ भएको हो । झापाको गौरादह नगरपालिका, सुनसरीको रामधुनी नगरपालिका, […]

उद्योग वाणिज्य महासंघ कोशी प्रदेशद्धारा कृषि एक्स्पोको तयारी तीव्र

विराटनगर २७ साउन । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले कृषि एक्स्पोको तयारी तीव्र पारेको छ । आगामी भदौ २७ देखि ३० गते सम्म मोरङ कटहरीको कृषि थोक बजारमा आयोजना हुने कृषि एक्स्पोको तयारी तिव्र रुपमा अगाडी बढाईएको महासंघले जनाएको छ । कृषि एक्स्पोको प्रचार प्रसार गर्ने सिलसिलामा महासंघका अध्यक्ष राजेन्द्र राउतको नेतृत्वमा गएको टोलिले […]

लाईफगार्ड अस्पतालको आगो नियन्त्रणमा, करिब डेढ करोडको क्षति

विराटनगर २७ साउन। विराटनगर महानगरपालिका–५ स्थित लाइफगार्ड अस्पतालमा लागेको आगो नियन्त्रणमा आएको छ । अस्पतालको आईसीयूमा आइतबार दिउँसो ३ बजेतिर आगलागी सुरु भएको थियो । विराटनगर महानगरपालिकाको दमकल र प्रहरीको सहयोगमा करिब १ घण्टापछि आगो नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार आगलागीको कारण खुल्न सकेको छैन । विद्युत ‘सर्ट’ […]

परोपकारधाममा दैनिक आरतीका लागि सहयोग गर्न प्रदेश सरकार तयार : मुख्यमन्त्री कार्की

विराटनगर २६ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सिंघिया नदी आरतीले नेपाली समुदाय बीच सद्भावको सन्देश प्रभाव हुने बताउनु भएको छ । विपद, बस दुर्घटना, सौर्य एयरलाइन्स र डाईनेष्टी एयर दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा विराटनगर –१ परोपकारधाममा शुक्रबार साँझ देखि शुरु गरिएको सिंघिया नदि आरतीको शुभारम्भ गर्दै उहाँले प्रदेश सरकारले यो आरती ३६५ दिन […]