विराटनगर ३२ साउन । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज एक सय दिने उपलब्धि सार्वजनिक गर्दै हुनुहुन्छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विहान ११ वजे पत्रकार सम्मेलन मार्फत मुख्यमन्त्री कार्कीले प्रदेश सरकारका उपलब्धि सार्वजनिक गर्न लाग्नु भएको हो ।
गत बैखाख २७ गते नेपालको संविधान २०७२ को धारा १६८ को ५ अनुशार नियुक्र कार्कीले सरकारको सयदिन पुगेको अवसरमा विहीबार प्रदेश सरकारको आवधिक योजना सार्वजनिक गरिएको थियो ।
आवधिक योजना अनुशार आर्थिक बर्ष २०८५/०८६ सम्ममा कोशी प्रदेशको आर्थिक वृद्धिदर ७.५५ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ ।
कोशी प्रदेश सरकारको आर्थिक बर्ष २०७९/०८० मा २.३८ प्रतिशत आर्थिक वृद्धिदर थियो भने आर्थिक बर्ष २०८०/०८१ मा ३.५१ प्रतिशत रहेको थियो । प्रदेश योजना आयोगले विहिबार सार्वजनिक गरेको दोस्रो आवधिक योजना अनुसार आर्थिक वर्ष २०८५ /८६ मा प्रतिव्यक्ति कुल ग्रार्हस्थ उत्पादन १६४५ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।
प्रदेश सरकार गठनको सयदिन पुगेको अवसरमा विहीबार मुख्यमन्त्री कार्कीले गुनासो सुनुवाइ तथा डेक्स तथा अफिस अटोमेसनको उद्घाटन, उद्योग व्यवसाय क्षेत्रका प्रतिनिधिसँग अन्र्तक्रिया, बालबालिकासँग अन्र्तक्रिया आयोजना गरिएको थियो ।
जनताले अनुभूती गर्ने गरि प्रदेश सरकारले काम गर्ने मुख्यमन्त्री कार्कीले बताउँदै आउनु भएको छ ।