विराटनगर ३२ साउन । मोरङ ग्रामथानमा मानव वेचविखन तथा ओसारपसार विरुद्धको समिति गठन गरिएको छ । ग्रामथानले कार्यविधि बनाएर समिति गठन गरेको हो । कार्यविधि तयार गरि समिति गठन गर्नेमा ग्रामथान पहिलो स्थानीय तह हो । यसअघि जहदा गाउँपालिकाले स्थानीय समिति गठन गरेपनि त्यहाँ कार्यविधि तयार हुन सकेको छैन ।
माईती नेपालको सहजीकरणमा गठित समितिले बुधबार ग्रामथानमा मानव वेचबिखन तथा ओसारपसार विरुद्ध समिती ग्रामथान, प्रध्यापक, प्रहरी लगायतसँग मानव वेचविखन तथा ओसारपसार विरुद्ध छलफल गरेको हो ।
स्थानीय तह स्तरीय समितीसँग मानव वेचविखन तथा ओसारपसार विरुद्धको छलफल कार्यक्रम, ग्रामथान गाँउपालिका कार्यवाहक अध्यक्ष गुणावति थारुको अध्यक्षतामा गरिएको थियो ।
कार्यक्रममा मानव वेचविखन र घरेलु हिंसाको सम्वन्धि विभिन्न पक्षमा छलफल गरिएको थियो । सो कार्यक्रममा माइती नेपाल मोरङ संयोजक विनोद पोखरेलले माइती नेपालको वारेमा जानकारी,माइती नेपालको कार्यक्षत्रको वारेमा प्रष्ट पार्दै मानव वेचविखन तथा ओसार पसारको विरुद्धमा गरिएका कार्यहरुबारे बताउनु भएको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद भट्टराईले मानव वेचविखन तथा ओसारपसार विरुद्धको कार्यविधीलाई चाँडै राजपत्रमा प्रकाशन गरिने बताउनु भयो ।
छलफल कार्यक्रममा आगाामी दिनहरुमा ग्रामथान गाँउपालिका भित्रका विद्यालयहरुमा मानव वेचविखन तथा ओसारपसार विरुद्ध कानुनी अभिमुखिकरण कार्यक्रमहरु गर्ने, मानसिक स्वास्थ्य सम्वन्धि छलफल तथा अभिमुखिकरण कार्यक्रमहरु गर्ने निर्णय पनि गरिएको थियो ।
कार्यवहाक अध्यक्ष थारुले माइती नेपाललाई समन्वय र सहकार्यको लागी धन्यवाद दिदै आगामी दिनहरुमा पनि सचेतामूलक कार्यक्रमहरु गर्न माइती नेपालसँग सहयोगको अपेक्षा राख्नुभएको छ माइती नेपालसँग हातेमालो गर्न पालिका सधै तयार रहेको उहाँले बताउनुभयो ।