ल्हाेसारले आपसी सद्भाव भाइचारा र एकताको भावना वृद्धि गर्ने: मुख्यमन्त्री कार्की

विराटनगर १६ फागुन। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले शेर्पा समुदायले आफ्नो मेहनत साहस र सीप मार्फत नेपालको नाम विश्वभर चिनाउन खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ। आज ग्याल्पो ल्होसारको शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायको यो पर्वले आपसी सद्भाव भाइचारा र एकताको भावना वृद्धि गर्दै नेपाली समाजलाई समृद्धिको […]

सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर ६.१ रिक्टर स्केलको भूकम्प

विराटनगर १६ फागुन । सिन्धुपाल्चोक जिल्लाको भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर शुक्रबार बिहान ६.१ रिक्टर स्केलको भूकम्प गएको छ । नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान २ः५१ बजे भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौं उपत्यकासहित देशका विभिन्न भाग तथा दार्जिलिङलगायत भारतमा समेत महसुस गरिएको थियो । अहिलेसम्म क्षतिसम्बन्धी विस्तृत विवरण केही आएको छैन […]

एमाले माेरङकाे १० औं जिल्ला अधिवेशनकाे तयारी अन्तिम चरणमा

विराटनगर १५ फागुन । नेकपा (एमाले)को मोरङको १० औं जिल्ला अधिवेशन प्रधानमन्त्री तथा पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले उद्‌घाटन गर्ने भएका छन् । एमाले मोरङको जिल्ला अधिवेशन शनिबारबाट सुरु हुँदैछ । फागुन १९ गतेसम्म चल्ने अधिवेशनले अधिवेशनले १ सय ६५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । एमाले मोरङ अध्यक्ष बाबुराम कार्कीले आज (बिहीबार) पत्रकार सम्मेलन […]

प्रथम कोशी प्रदेश खेलकुद महोत्सव : प्रदेश स्तरीय कबड्डीको उपाधि मोरङलाई

विराटनगर १४ फागुन । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा जारी प्रथम कोशी प्रदेश खेलकुद महोत्सव- २०८१ को दोस्रो दिन प्रदेशस्तरीय पुरुष कबड्डी प्रतियोगिताको उपाधि मोरङ जिल्ला टोलीले हात पारेको छ । आज विराटनगर स्थित दिल्ली पब्लिक स्कूलको मैदानमा झापा जिल्ला टोलीलाई पराजित गर्दै मोरङले उपाधि हात पारेको हो । मोरङले झापाको २० अंक विरुद्ध […]

स्काउट मास्टर तालिम सम्पन्न

विराटनगर १४ फागुन । विराटनगर महानगर स्थानीय स्काउटले आयोजना गरको स्काउट मास्टर तालिम आज सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाको सहयोगमा ६ दिने आवासीय तालिममा विराटनगरका विभिन्न विद्यालयका ४८ जना शिक्षक शिक्षिकको सहभागिता रहेको थियो । तालिममा पुरुषहरुतर्फ स्काउटका राष्ट्रिय प्रशिक्षक नवलप्रसाद उपाध्याय र महिलातर्फ सहायक राष्ट्रिय प्रशिक्षक शिवानी देवान कोर्ष लिडर रहेका थिए । […]