विराटनगर, ७ असोज । विपद जोखिमबाट कसरी बच्न सकिन्छ भन्ने जानकारी दिन मोरङको कटहरी गाउँपालिकामा दुइदिन तालिमको आयोजना गरिएको छ । स्थानीय समुदायलाई सचेत, सजग र तालिम प्राप्त बनाउन सकिए विपद्बाट हुने जोखिम न्यूनिकरण गर्न सकिन्छ भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै कटहरी गाँउपालिका र भैरव गण थलाहा व्यारेकले कटहरीका स्थानीयहरुलाई आइतबार देखि विपद् सचेतना एवम् […]
विराटनगर ७ असोज । विराटनगरमा अन्तर्रााष्ट्र्रिय शान्ति दिवसको उपलक्ष्यमा शान्ति बारे चित्रकला प्रतियोगिता र छलफल कार्यक्रम आयोजना गरिएको छ । मानव अधिकारका लागि एकल महिला समूहले शान्ति संस्कृतिको विकास गर्नु भन्ने नारा सहित आयोजना गरिएको सो चित्रकला प्रतियोगितामा ग्रामथान गाँउपालिकाको देवी माध्यमिक विद्यालयका १० जना विद्यार्थीहरुले भाग लिएका थिए । उनीहरुले शान्ति बारे चित्र कोरेर […]
विराटनगर ६ असाेज । कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन भएको छ । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सत्तापक्षको संयुक्त संसदीय दलको बैठकले न्यूनतम साझा कार्यक्रम तय गर्न ६ सदस्यीय कार्यदल गठन गरेको हो । काँग्रेस र एमालेको कोशी प्रदेश संसदीय दलको संयुक्त बैठकले गठन गरेको कार्यदलमा प्रदेश सरकारका आर्थिक मामिला […]
विराटनगर ५ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वास्थ्य क्षेत्रमा देखिएको समस्यालाई नीतिगत र कानुनी हिसाबले सुधार गरेर जान प्रदेश सरकार तत्पर रहेको बताउनुभएको छ । आज २४ औं राष्ट्रिय दन्त सम्मेलनको विराटनगरमा उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले स्वास्थ्य क्षेत्रलाई सुधार गरेर अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी नीतिगत र कानुनी हिसाबले सुधार गर्ने […]
विराटनगर ५ असोज । नगर बाल सञ्जाल विराटनगरले मानव बेचविखन विरुद्ध अभियान चलाउने भएको छ । आज माइती नेपालले विराटनगर महानगरपालिका महिला,बालबालिका तथा समाज कल्याण शाखाको सहकार्यमा आयोजना गरेको मानव वेचविखन तथा ओसारपसार विरुद्ध कानुनी विषयक अभिमुखिकरण कार्यक्रममा नगर बाल सञ्जालका पदाधिकारीहरु तथा सदस्यहरुले यसबारे सचेतनामुलक अभियान चलाउने बताएका हुन । वाल क्लव नगर संजालका […]