विराटनगर २८ माघ । कोशी प्रदेश सरकारले प्रदेशसभाका पदाधिकारीलाई थप सेवा सुविधा दिने गरी ल्याएको अध्यादेशको नेकपा एमाले कोशीले आपत्ती जनाएको छ । एमालेले अध्यादेश तत्काल फिर्ता लिन पनि आग्रह गरेको छ । एमाले मोरङ पार्टी कार्यालयमा आज प्रेस चौतारीसँगको छलफल कार्यक्रममा अध्यक्ष घनस्याम खतिवडाले प्रदेश सभालाई वेवास्ता गर्दै ल्याईएको अध्यादेशको घोरनिन्दा गर्नुभएको छ । […]
विराटनगर २३ माघ । राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले मुलुकमा भ्रष्टाचार नियन्त्रण गरि सुशासन कायम गरेमा समृद्धि आउने बताउनु भएको छ । आज विराटनगरमा राप्रपा नेपाल मोरङद्धारा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले जनताले दण्डहिनतानको अन्त्य र विकासको अनुभूति गर्न परिवर्तन खोजेको धारणा राख्नु भयो । अध्यक्ष थापाले हिन्दु राष्ट्र , संवैधानिक राजतन्त्र र सुदुढ […]
विराटनगर २३ माघ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री ८० बर्षीय केशवकुमार बुढाथोकीको गएराती निधन भएको छ । विराट मेडिकल कलेजमा उपचारकै क्रममा सोमबार राति ११ः३० बजे निधन भएको हो । लामो समयदेखि प्रोस्टेटको क्यान्सरबाट पीडित नेता बुढाथोकीको पछिल्लो समय मिर्गाैलामा समस्या आएका कारण उपचाररत हुनुहुन्थ्यो । झापा काँग्रेस वृत्तमा सेतो बाघ उपनामले […]
विराटनगर १९ माघ । नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशको परिणाम अनपेक्षित भएको जनाएको छ । आज बसेको संसदीय दलको बैठकले कोशी प्रकरणलाई गम्भीररुपमा लिएको निष्कर्श निकालेको हो । बैठकपछि नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनबाट १९ वटा साझा उम्मेदवार पठाएकोमा कोशीमा एउटा सिट गुमाएको बताउनुभयो । बैठकले यसलाई अनपेक्षित ठहर गरेको […]
विराटनगर १८ माघ । नेकपा (एमाले)ले कोशी प्रदेश सरकारले ल्याएको अध्यादेश तत्काल फिर्ता लिन आग्रह गरेको छ । प्रदेशसभामा पदाधिकारी थपेर सुविधा बढाउनका लागि मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले ल्याएको अध्यादेश फिर्ता लिन एमालेले आग्रह गरेको हो । एमाले प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज एक विज्ञप्ति जारी गर्दै प्रदेशसभाका पदाधिकारी तथा […]