१८ औँ गणतन्त्र दिवस– जेठ १५ को सन्दर्भमा नेकपा (एमाले), पथरी शनिश्चरे नगरपालिका, मोरङले आयोजना गरेको अग्रजप्रतिको सम्मानमा यो पंक्तिकारलाई पनि सामेल हुने मौका मिल्यो । पछिल्ला दिनहरूमा कार्यक्रमलाई औसत सामान्यभन्दा पनि बढ्ता रचनात्मक ढंगले मनाउने चलन प्रचलन बढेसँगै यो कार्यक्रम पनि त्यसको एउटा निरन्तरता हो । नगरको नेतृत्वमा युवापात्र सञ्जीव गिरी आइसकेपछि यसखालका कार्यक्रमले […]
विराटनगर १६ जेठ । गणतन्त्र दिवसको उपलक्ष्यमा विराट युवा विचारक मञ्च विराटनगरले गणतन्त्र की राजतन्त्र विषय अन्तरक्रिया सम्पन्न गरेको छ । अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेसको युवा नेता अनुराज पाठक, नेकपा एमाले जिल्ला कमिटि सदस्य मिलन घिमिरे, डिग्री क्याम्पस विराटनगरका स्वभियु सभापति प्रितम साहले गणतन्त्रको पक्षमा आफ्ना विचार राखेका थिए । वक्ताहरुले राजतन्त्रमा जनताको अधिकार कुण्ठित […]
विराटनगर १३ जेठ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुकका हरेक क्षेत्रमा लैङ्गिक समानता कायम हुनु जरुरी रहेको बताउनु भएको छ । जिपी कोइराला लेबर फाउण्डेशन नेपालद्वारा आज विराटनगरमा आयोजित ‘लैङ्गिक समानता’ विषयक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले राजनीतिक दलहरुले लैङ्गिक समानतालाई व्यवहारमा उतार्न आफ्नो क्षेत्रबाट कार्य गर्नुपर्नेमा जोड दिनु भयो । नेता डा […]
विराटनगर १२ जेठ । प्रमुख प्रतिपक्ष माओवादीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्ने निर्णय गरेको छ । अख्तियारले भिजिट भिसा प्रकरणमा अध्यागमनका कर्मचारीमाथि अनुसन्धान सुरु गरेकाले त्यसको नैतिक जिम्मेवारी गृहमन्त्री लेखकले लिनुपर्ने माओवादीको भनाइ छ । माओवादीको सोमबार बसेको पदाधिकारी बैठकले भिजिट भिसाको सेटिङले मुलुकको […]
विराटनगर, ११ जेठ । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलाले संविधान जारी भएको १० वर्ष भइसकेकाले राज्यको सबै प्रणालीको समीक्षा हुनु पर्ने बताउनुभएको छ । उहाँले आज पत्रकारहरुसँगको भेटघाटमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी(एमाले) मात्रले संविधान संशोधन गर्न नसकिने भन्दै संविधान संशोधनका निम्ति प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सरकार पनि आवश्यक पर्ने […]