विराटनगर ३ फागुन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले ल्याएको अध्यादेश सहमतीका आधारमा पास हुने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले आज सत्तापक्षहरुबीच आज बैठकबाट सहमतीका कायम हुने विश्वास व्यक्त गर्नु भयो । महासचिव पोखरेलले अध्यादेशका लागि सहमती व्यक्तिगत सांसदबाट होइन राजनीतिक दलको नेतृत्ववाट लिने बताउनु भयो । उहाँले […]
विराटनगर १ फागुन । नेकपा एमालेको जरा केन्द्रित अभियान फागुन ३ गते देखि मोरङमा शुरु हुँदैछ । अभियानको शुरुवात विराटनगर महानगरपालिकाबाट गरिने भएको छ । अभियानको शुभारम्भ एमाले महासचिव शंकर पोखरेलले गर्ने कार्यक्रम रहेको एमाले विराटनगर महानगर कमिटीका प्रवक्ता राम पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार महासचिव पोखरेललाई विराटनगरमा भव्य मोटरसाईकल र्याली सहित स्वागत गर्दै […]
विराटनगर २८ माघ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान गठबन्धन सरकार परिवर्तन गर्ने कुनै सोच नरहेको बताउनु भएको छ । विराटनगरमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले वर्तमान सरकारले देश जनताको हितमा राम्रो काम गर्नुपर्नेमा जोड दिनु भयो । नेता खनालले वर्तमान सरकार ढालेर अर्को जनमुखी सरकार निर्माण हुने अवस्था नरहेकोले […]
विराटनगर २३ माघ । नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशन आगामी फागुन १७–१९ सम्म विराटनगरमा हुँदै छ । जिल्ला अधिवेशनका लागि संगठन कमिटीका अध्यक्ष बाबुराम कार्कीको अध्यक्षतामा मुल समिति र विभिन्न १० वटा उपसमिति बनाईएको छ । माघ १४ गते विराटनगरमा वसेको संगठन कमिटीको तेश्रो बैठकले अध्यक्ष कार्कीको अध्यक्षतामा जिल्ला कमिटी रहने गरि मुल […]
विराटनगर २२ माघ । नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशनको प्रचार प्रसारलाई प्रविधिको प्रयोग गरि व्यापक बनाईने भएको छ । आगामी फागुन १७–१९ सम्म विराटनगरमा हुने जिल्ला अधिवेशनका लागि गठित प्रचार प्रसार उपसमितिको आज विराटनगरमा बसेको बैठकले प्रविधिको प्रयोग गरि प्रचार प्रसार गरिने निर्णय गरेको छ । उपसमिति संयोजक सन्तोष बान्तवाको अध्यक्षतामा बसेको बैठकले […]