जलविद्युत परियोजनामा सरकारले नागरिकको नाममा लगानी गर्ने : मुख्यमन्त्री कार्की

विराटनगर २४ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले प्रदेशमा निर्माण हुने ठूला जलविद्युत परियोजनामा नागरिकको नाममा लगानी गर्ने बताउनु भएको छ । नेकपा एमाले कोशी प्रदेश उर्जा, जलश्रोत तथा सिंचाई विभागद्वारा आज विराटनगरमा आयोजित प्रदेशको समृद्धिका लागि जलस्रोत एवं उर्जा विषयक कार्यशाला गोष्ठीमा उहाँले प्रदेश सरकारले नीति एवं कानून निर्माण गरि कोष मार्फत […]

कोशी प्रदेश : तीन महिनाको अवधिमा कारागार र ब्यारेकमा गरी ६ जनाको मृत्यु

विराटनगर, २४ वैशाख । तीन महिनाको अवधिमा कोशी प्रदेशमा प्रहरी ब्यारेक र जिल्ला कारागारमा गरी ६ जनाको मृत्यु भएको छ । इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले सन् २०२५ को जनवरीदेखि मार्चसम्मको मानव अधिकार अवस्थाका विषयमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार झापा, मोरङ र सुनसरीमा रहेका कारागार र व्यारेकमा गरी ६ जनाको मृत्यु भएको छ । इन्सेकको […]

विष रहित खेतीपातीका लागि जैविक कृषि जागरण अभियान

विराटनगर २४ वैशाख । विष रहित खेतीपातीका लागि जैविक कृषि जागरण अभियानको शुरुवात गरिएको छ । गत वैशाख ९ गतेबाट अभियानको शुरुवात गरिएको हो । खाध्यका लागि कृषि अभियानले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै स्वच्छ पर्यावरण, स्वस्थ खाना र आत्मनिर्भर जीवनयापनका लागि एक महिने अभियान शुरु गरिएको संयोजक उद्धव अधिकारीले जानकारी दिनुभयो । अभियान अन्र्तगत […]

बातँर समुदायको सांस्कृतिक भवन र केन्द्रीय भवनको उद्घाटन

विराटनगर २४ वैशाख । नेपाल बाँतर सरदार समाज कल्याणकारणीका केन्द्रीय सभापति मोहनलाल सरदारले बातँर समुदायको सांस्कृतिक भवन र केन्द्रीय भवनको उद्घाटन गर्नुभएको छ । मोरङको कटहरी–५ मोधह्रामा १ कडोर ५० लाख रुपैयाँ लागतमा निर्मित बाँतर जातीको संस्कृतिक भवन र केन्द्रीय भवनको आज विधिवत रुपमा केन्द्रीय सभापति सरदारले उद्घाटन गर्नुभएको हो । केन्द्रीय सभापति सरदारले भवनको […]

काेशी प्रदेशसभाकाे साताैं अधिवेशन आह्वान

विराटनगर २४ वैशाख । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशको सभाको वर्खे (सातौँ) अधिवेशन आगामी जेठ ४ गते २ बजे बस्ने गरी आव्हान गर्नका लागि प्रदेश प्रमुख समक्ष सिफारिश गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख परशुराम खापुङ समक्ष बैठक आह्वानको लागि सिफारिस गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती […]