कोशी प्रदेश तथ्याङ्क सम्बन्धी व्यवस्थित गर्न बनेको विधेयक पारित

विराटनगर १३ भदौ । कोशी प्रदेश सभाको आजको बैठकमा ‘ कोशी प्रदेश तथ्याङ्क सम्बन्धी व्यवस्थित गर्न बनेको विधेयक ’ सर्वसम्मतले पारित भएको छ । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले विधेयक पारित गरियोस् भनी गर्नु भएको प्रस्तावमा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतले पारित भएको हो । यस अघि विधेयकको […]

उर्लाबारी बहुमुखी क्याम्पसको अध्यक्षमा गुरागाईं

उर्लाबारी १२ भदाै । उर्लाबारी बहुमुखी क्याम्पसको २४औँ क्याम्पस सभामार्फत क्याम्पस सञ्चालक समितिको निर्वाचनबाट अध्यक्षमा बिष्णु गुरागाईं र उपाध्यक्षमा मिलन दाहाल निर्वाचित भएका छन् । विधान अनुसार सम्पन्न निर्वाचनबाट अध्यक्षमा गुरागाई, उपाध्यक्षमा मिनप्रसाद दाहाल (मिलन) चयन भएका हुन् । त्यस्तै सदस्यमा डा. हरिबाबु दाहाल, दिलकुमारी बस्नेत, महेन्द्र काकी (ख), टिका प्रसाद अधिकारी, प्रेम डाँगी, योगेन्द्र […]

युवा उद्यमी र इजरायली राजदुतवीच उद्यमशीलताको विकासबारे छलफल

विराटनगर, १२ भदौ । नेपाली युवा उद्यमी मंच (एनवाईईएफ) विराटनगर च्याप्टरले नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरि बास सँग भेट गरेको छ । विराटनगर च्याप्टरका अध्यक्ष संजीव सिग्देल, पूर्व अध्यक्ष सृजन प्याकुरेललगायत पदाधिकारी र सदस्यहरुसहितको टोलीले राजदुत एरिसंग बिहीवार विराटनगरमा भेट गरेको हो हो । भेटका क्रममा युवा उद्यमी मञ्चको टोलीले इजरायलका युवा उद्यमीहरूसँगको सहकार्य, […]

आमसञ्चार विधेयक संशोधनको माग गर्दै पत्रकार महासंघको धर्ना

विराटनगर १२ भदौ । कोशी प्रदेशमा ल्याउन लागिएको आमसञ्चारलाई व्यवस्थित गर्न बनेको विधेयकमा स्वतन्त्र प्रेस विरोधी प्रावधानहरु समेटिएको भन्दै नेपाल पत्रकार महासंघ मोरङ र कोशीले आज मुख्यमन्त्री कार्यलय अगाडि प्रदर्शन र धर्ना दिएको छ । मुख्यमन्त्री कार्यालय अघिबाट नाराबाजी गर्दै नजिकै रहेको रोडशेष चोकमा भेला भएका पत्रकारहरुले प्रेस विरोधी प्रावधानहरु खारेज गर्दै विधेयक संशोधन गर्न […]

तीज पर्व महिलाको अधिकार, समता र आत्मसम्मानको प्रतीक : मुख्यमन्त्री कार्की

विराटनगर, भदौ १० । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले हरितालिका तीज पर्वले उत्साह, उमङ्ग र सामाजिक एकता बढाउने विश्वास व्यक्त गर्नुभएको छ। हरितालिका तीजको अवसरमा आज शुभकामना सन्देश दिँदै मुख्यमन्त्री कार्कीले यो पर्वलाई केवल धार्मिक मात्र नभई महिलाको अधिकार, समता र आत्मसम्मानको प्रतीक रूपमा लिनुपर्ने बताउनुभएको छ। मुख्यमन्त्री कार्कीले तीज पर्वले हाम्रो संस्कृति, परम्परा […]