प्रश्नपत्र निर्माणका चुनौतीहरू

विद्यालय शिक्षा नेपाल सरकारले निःशुल्क तथा अनिवार्य घोषणा गरिसकेको छ ।

नेपालको संविधान मा समेत माध्यमिक तहसम्म को शिक्षा निःशुल्क तथा अनिवार्य उल्लेखित छ। नेपालको शिक्षा प्रणाली कछुवाको गतिमा विकास हुँदै गएको सर्वविदितै छ। शिक्षा सुधारका निम्ति सरकारले त्यति चासो दिएको देखिदैन ।

गणतन्त्र स्थापना पश्चात् पनि उही पुरानै पञ्चायत सरकारले ल्याएको शिक्षा ऐन २०२८ हाल पनि कायमै छ। जति सक्दो शिक्षा ऐन २०२८ लाई विस्थापित गरी संघीय शिक्षा ऐन ल्याउन ढिलो भइसकेको छ।

शिक्षा मानव जीवनको अमूल्य सम्पत्ति हो। शिक्षा अमृत पनि हो। शिक्षालाई कसैले पनि कमजोरी ठान्नु हुँदैन।

नेपालको इतिहासमा शिक्षाको विकास  त्यति राम्रो देख्दैन । शिक्षा क्षेत्रका थुप्रै चुनौतीहरू मध्ये प्रश्नपत्र निर्माण र मूल्याङ्कन मा समेत चुनौतीहरू देखिएका छन् ।

ढचुनौतीहरूलाई समाधान गर्ने उद्देश्यले नेपाल सरकारले आर्थिक वर्ष २०८२/८३ मा सातै प्रदेश अन्तर्गत विशेषगरी माध्यमिक तहमा अध्यापन गराउने शिक्षकहरुलाई लक्षित गरी अभिमुखीकरण तथा पुनर्ताजकीकरण कार्यक्रम ल्याएको छ ।

तीन दिने अभिमुखीकरण तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रममा समेत सम्पन्न भइसकेको छ।

चालु आर्थिक वर्षमा ५०० जना माध्यमिक तहका अङ्ग्रेजी गणित र विज्ञान विषयका शिक्षकलाई प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । अब शिक्षकहरू आफ्नो विद्यालय र पालिकामा गएर अन्य शिक्षकहरुलाई प्रशिक्षण दिनुपर्ने जरुरी देखिन्छ ।

विशेषगरी प्रश्नपत्र निर्माण एउटा जटिल काम हो। कक्षा १० को परीक्षा तथा कक्षा १२ को परीक्षामा समेत प्रश्नपत्रमा त्रुटी भेटिएकाले अबका दिनहरुमा त्रुटीहरू नहुन् भन्ने उद्देश्यले राष्ट्रिय परीक्षा बोर्डले देशैभरि शिक्षकहरुलाई प्रशिक्षण गरी प्रश्नपत्र निर्माण नतिजा विश्लेषण मूल्याङ्कन लगायतका विषयमा विज्ञहरू बाट अभिमुखीकरण कार्यक्रम सम्पन्न भइसकेको छ ।

निर्धारित समयमा विद्यार्थीहरुले सबै प्रश्न समाधान गर्न सक्ने खालका गरी प्रश्न निर्माण हुनु पर्दछ।

प्रश्नपत्र निर्माण गर्दा विषय शिक्षकहरूले ध्यान दिनुपर्ने कुराहरु धेरै छन् । विषय शिक्षकहरूले प्रश्नहरू निर्माण गर्दा पाठ्यक्रम सिकाई उद्देश्य र कक्षागत स्तरसँग मेल खाने खालका प्रश्नहरु निर्माण गर्नु जरुरी ठानिन्छ। व्यावहारिक सजिलो वा अत्याधिक कठिन प्रश्न निर्माण नगरी औसतमा प्रश्नहरू निर्माण गर्न सकिन्छ।

निर्धारित समयमा विद्यार्थीहरुले सबै प्रश्न समाधान गर्न सक्ने खालका गरी प्रश्न निर्माण हुनु पर्दछ। ग्रिडभन्दा बाहिर गएर बस्न निर्माण गर्नु हुँदैन अनुसार प्रश्नपत्र तयार पार्न विषयविज्ञहरु छानिनुपर्ने आवश्यक छ।

भाषागत समस्या जटिल वा अस्पष्ट प्रश्न कहिले पनि तयार पार्नु हुँदैन विद्यार्थी भ्रममा पर्ने प्रश्न आवश्यक छैन। नक्कल वा अनुमानकै भरमा जथाभावी लेख्न सकिने वा सजिलै नक्कलकै भरमा पास गर्ने खालका प्रश्न । व्यावहारिक तथा सृजनशील सिपयुक्त ज्ञान उच्च दक्षता बोध जस्ता प्रश्नहरु मिलाएर तयार पार्नु आवश्यक हो।

प्रश्नपत्र पाठ्यक्रममा तोकिए अनुसार सामग्री शिक्षण उद्देश्य सिकाई उपलब्धि स्पष्ट रूपमा बुझ्नुपर्ने हो ।

प्रश्नको आकार अङ्कभार वस्तुहरूको प्रकार कठिनाइ समाधान गर्ने उपाय हरु कक्षा अनुसार प्रश्नपत्र निर्माण जरुरी छ ।

प्रश्नपत्र निर्माण गर्दा सहकर्मी शिक्षकबाट समीक्षा विद्यालय बोर्डले तोके बमोजिम प्रश्नपत्र तयार परीक्षाको विश्वसनीयता प्रश्नपत्रको गोपनियता लगायतको विषयमा गम्भीर हुन आवश्यक ठानिन्छ।

राष्ट्रिय परीक्षा बोर्डको आयोजनामा मुलुकका ७५३ वटै पालिका अन्तर्गतको मावि तहमा अध्यापन गराउने अंग्रेजी गणित र विज्ञान शिक्षकलाई प्रशिक्षण कार्यक्रम सम्पन्न भइसकेको छ।

विषय विज्ञहरू डा गणेशबहादुर सिंह डा मोहन पौडेल सुभाष पन्त विश्व जोशी सुशील खनाल लगायतले सहभागी शिक्षकहरूलाई प्रशिक्षण तालिम सम्पन्न भइसकेको अवस्थामा आउँदै गरेको कक्षा १० र कक्षा १२ को परीक्षाफल सुधार हुने संकेत देखिसकिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्मा सदस्य सचिव जङ्गबहादुर अर्याल उपनिर्देशक तथा कार्यक्रम संयोजक सुवास पन्त आफै प्रशिक्षण कार्यक्रममा रातदिन खटिएर सुधारका निम्ति अमूल्य समय खर्च गरी सक्नुभएको अवस्था छ।

मूल्याङ्कन सिकाई प्रक्रियामा विद्यार्थीको प्रगति कमजोरी र उपलब्धि पत्ता लगाउने व्यवस्थित विधि मूल्यांकन भएकाले शिक्षण विधि कक्षा कोठामा गुणस्तरीय र प्रभावकारी बनाउन विज्ञहरूको सुझाव छ ।

परीक्षा टेस्ट प्रश्नपत्र मूल्याङ्कन प्रस्तुति प्रयोग र विद्यार्थीहरूको परियोजना कार्य प्रयोगात्मक कार्य अनुसन्धान कार्य लगायतमा विद्यार्थीहरुलाई लक्षित गरी विद्यार्थीलाई सक्रिय बनाउन शिक्षकहरूलाई  अभिमुखीकरण तालिम सम्पन्न भएकोमा शिक्षक विद्यार्थी अभिभावक को आशा जागेको छ। ।