उदाउँदो सूर्यलाई अर्घ्य, छठ पर्व सम्पन्न

विराटनगर ११ कात्तिक । आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठपर्व सम्पन्न भएको छ । गत शनिबारदेखि शुरु भएको छठ आज विहान उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै सम्पन्न भएको हो । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिएपछि छठ सकिने धार्मिक विधि छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने […]

अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो

विराटनगर १० कात्तिक । सूर्य, छठी माता र नदीको पूजाआराधना गरी मनाइने छठको रौनकले छोएको छ । आज दिनभर निर्जल व्रत गरेका बर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिने व्रत विधि रहेको छ । कार्तिक शुक्ल षष्ठी अर्थात छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अघ्र्य दिइएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि […]

तिम्सिनाकाे १४ औं पुस्तक नेपालको बैङ्किङ इतिहास बजारमा

विराटनगर १० कात्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक प्रकाशन भएको छ । माेरङ पथरी शनिश्चरे १ निवासी खाेजकर्ता लेखक दीपेन्द्रराज तिम्सिनाले उक्त पुस्तक लेखेका हुन् । यस पुस्तककमा […]

मुख्यमन्त्री कार्कीद्वारा छठ पर्वकाे शुभकामना

विराटनगर १० कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सूर्य भगवानप्रति आस्था, आत्मानुशासन र समर्पणको पर्व छठको पावन अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ। मुख्यमन्त्री कार्कीले छठ पर्व नेपाली समाजको साझा पहिचान, सहअस्तित्व र सहिष्णुताको प्रतीक भएको उल्लेख गर्दै यो पर्वले सबैलाई एकतामा बाँध्ने प्रेरणा दिन्छ भन्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले […]

राष्ट्रपति रामचन्द्र पौडेलद्धारा छठ पर्वको शुभकामना

विराटनगर १० कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान सबै प्रकारका विभेद र विसङ्गतिलाई अन्त्य गर्दै दिगो शान्ति, सुशासन र समृद्धि प्राप्तिका लागि थप सहयोग पुगोस् भन्ने कामना गर्नुभएको छ । छठ पर्वका अवसरमा सोमबार शुभकामना दिँदै उहाँले यस पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत विभेद, कुरीति एवं विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा […]