विराटनगर २४ असोज । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशबाट सहभागी हुने खेलाडी छनोट प्रक्रिया सुरु भएको छ । छनोटमा ९ हजारभन्दा बढी खेलाडी सहभागी हुँदैछन् । राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै धेरैभन्दा धेरै पदक जित्ने लक्ष्यसहित प्रदेशका १४ वटै जिल्लाबाट खेलाडी छनोट थालिएको हो । कोशी प्रदेश खेलकुद विकास बोर्डका अनुसार राष्ट्रिय खेलकुदमा सहभागी […]
विराटनगर २४ असोज । नेकपा (एमाले) ले कोशी प्रदेश सभा सदस्य तथा पूर्व राज्यमन्त्री सिर्जना राईलाई पार्टीको केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको छ । शनिबार बसेको एमाले स्थायी कमिटीको बैठकले भोजपुरकी राईसहित १३ जना नेताहरूलाई केन्द्रीय कमिटीमा मनोनीत गर्ने निर्णय गरेको हो । मनोनीत राई संसदीय भूमिकाका साथै सांगठनिक जिम्मेवारीमा समेत लामो समयदेखि सक्रिय रहँदै […]
विराटनगर २४ असाेज । विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीको नेतृत्वमा विराटनगर–धरान सडकखण्डमा सरसफाइ अभियान सञ्चालन गरिएको छ। महानगरलाई स्वच्छ, सफा र सुन्दर बनाउने उद्देश्यले प्रत्येक शनिबार बिहान ६ देखि ८ बजेसम्म सञ्चालन गरिने अभियानको दोस्रो हप्ता शनिबार सरसफाइ गरिएको हो। महानगरपालिकाको अगुवाइमा सञ्चालन भइरहेको अभियानमा महानगरपालिकाका कर्मचारी तथा सरसफाइकाे क्षेत्रमा कार्यरत नेपाल फुलबारी , […]
विराटनगर २४ असोज । नेपाली कांग्रेसको केन्द्रीय सभापतिमा गगनकुमार थापा निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसको विधान, २०१७ (एघारौँ संशोधनसहित) तथा निर्वाचन निर्देशिका, २०८२ बमोजिम सम्पन्न पार्टीको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनमा थापा सभापति पदमा निर्वाचित हुनुभएको हो । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत शुक्रबार मतदान भएको थियो । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले […]
विराटनगर २३ असोज । दसैँ, तिहारलगायतका चाडपर्वको सुरक्षालाई लक्षित गर्दै कोशी प्रदेशमा ८ हजार १३३ जना प्रहरी परिचालन गरिएको छ । चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, ठगी, झैझगडा, सवारी दुर्घटना तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गरी नागरिकलाई सुरक्षित वातावरणमा चाडपर्व मनाउने व्यवस्था मिलाउन प्रदेश प्रहरीले विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको हो । कोशी प्रदेश […]