विराटनगरका सक्रिय पत्रकार सरदार सम्मानित

विराटनगर ११ पुस । विराटनगरका सक्रिय पत्रकार पदमकुमार सरदार नगदसहित सम्मानित भएका छन् ।

ग्रामथानमा जेष्ठ नागरिक साझा चौतारी सेवा समाज नेपाल ग्रामथान गाउँपालिका–२ झौराहाटको १० औं वार्षिक साधारण सभाका बीच पत्रकार सरदार सम्मानित भएका हुन् ।

सरदारलाई पत्रकारिता र सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको जेष्ठ नागरिक साझा चौतारी सेवा समाज नेपालका अध्यक्ष कमलप्रसाद भट्टराईले जानकारी दिए ।

कार्यक्रममा कक्षा १२ मा उत्कृष्ट अंक ल्याएर नेपाल प्रथम गरेकी छात्रा पूर्णिमा खतिवडालगायत ग्रामथानकी आर्दश बुहाहरी दुर्गादेवी बजगाई, आसोदेवी माझी, सुशिला कुमारी चौधरी, सहित जेष्ठनागरिहरुलाई दोसला र कदर पत्रले सम्मान गरेका थिए ।

१० औं वार्षिक साधारण सभाको उद्घाटन गर्नुहुँदै प्रतिनिधि सभाका पूर्वसभासदस्य अमनलाल मोदी र प्रदेश सभाका सभासदस्य जयप्रकाश चौधरी र ललिता कुमारी चौधरीले सममानीत व्यक्तीहरुलाई शुभकामना व्यक्त गरेका थिए ।

पूर्वसभासदस्य मोदीले जेष्ठ नागरिक भवन निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका थिए ।

ग्रामथान–५ कखरमारीमा जेष्ठनागरिक भवन निर्माणधिन रहेको छ । कार्यक्रममा जेष्ठनागरिकहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।