सुनसरीको गढी २ मा अरविन्द चौधरीको चर्चा

विराटनगर, २८ चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा अहिले उम्मेदवार बन्न नेताहरुवीच तीव्र प्रतिष्पर्धा छ ।राजनीतिक दलले वडा र पालिका प्रमुख/उपप्रमुखहरु नाम धमाधम सिफारिस गरिरहेका छन् । यसैक्रममा सुनसरीको गढी वडा नम्वर २ को वडाध्यक्षमा नेपाली काँग्रेसबाट अरविन्द चौधरीको चर्चा बढेको छ । २०५५ सालमा नेपाल विद्यार्थी संघबाट विद्यार्थी राजनीति शुरु […]

निर्यात मुलुक उद्योग स्थापना गर्नुपर्छ : मुख्यमन्त्री राई

विराटनगर, २७ चैत । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मुलुकको वैदेशिक व्यापार घाटा कम गर्न निर्यात मुलुक उद्योग स्थापना गर्न उद्यमी लाग्नु पर्ने बताउनु भएको छ । मोरङ व्यापार सङ्घद्वारा यही चैत १८ गतेदेखि विराटनगरमा सञ्चालित ‘विराट ट्रेड एक्स्पो’को आज समापनका अवसरमा उहाँले उद्योग स्थापनाका लागि सहज ढङ्गले नीति नियम एवं कानून निर्माण गर्ने […]

विराटनगर महानगरको प्रमुखमा एमालेबाट ५ जनाको दावी

विराटनगर, २७ चैत । विराटनगर महानगरका लागि एमालेबाट ५ जनाले दावी गरेका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि महानगर प्रमुखमा महानगर कमिटी अध्यक्ष सागर थापा, केन्द्रीय सदस्य रामलाल साह, जिल्ला कमिटी उपाध्यक्ष बाबुराम कार्की र खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम वस्नेत र प्रदेश कमिटी सदस्य महेश भट्टराईले दावी गरेका हुन […]

उद्योगी राउतसहित दुईजना सम्मानित

विराटनगर, २७ चैत । विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजले उद्योगपति राजेन्द्र राउतसहित दुईजनालाई सम्मान गरेको छ । चौथो वार्षिकोत्सवका अवसरमा कलेजले नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१ का उपाध्यक्ष तथा केन्द्रीय सदस्यसमेत रहनु भएका राउतसहित समाजसेवी मीना जोशीलाई गरेको हो । उद्योगपति राउत र समाजसेवी जोशीलाई कलेजका तर्फबाट पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइरालाले दोसल्ला ओढाएर सम्मानपत्र […]

अराजक अर्थमन्त्रीको गलत कदममा प्रधानमन्त्रीले साथ दिए : पूर्व अर्थमन्त्रीहरु

विराटनगर, २७ चैत । नेकपा एमालेका तीन पूर्वअर्थमन्त्रीले अर्थतन्त्रको वर्तमान अवस्थाबारे संयुक्त रुपमा वक्तव्य जारी गर्दै राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेप भएको बताएका छन । राजधानीमा पत्रकार सम्मलेन गर्दै उनीहरुले १२ बुँदे विज्ञप्ति जारी गरेका हुन । गठबन्धनको सरकारले समयानुकुल आर्थिक अवस्थालाई पहिचान गरी बजेट तथा मौद्रिक नीति नल्याउँदा अहिले आर्थिक संकट आइपरेको उनीहरुको आरोप छ […]