विराटनगर २८ असोज । कोशीका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । उहाँले आजै सानो आकारको मन्त्रिपरिषद पनि गठन गर्नुभएको छ ।
आफ्नो दल कांग्रेसका शमशेर राई र एमालेका राम रानालाई समेटेर उनले ३ सदस्यीय मन्त्रिपरिषद बनाएका हुन् ।
राई र रानाले पनि आइतबार नै शपथ लिनु भएको छ । उनीहरुको जिम्मेवारी तोकिएको छैन । नेपाली कांग्रेसका २९ मध्ये ८ जना र एमालेका ३९ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले एमालेलाई पनि सरकारमा सहभागी गराउनु भएको हो ।