विराटनगर २७ असोज । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको नेता उद्धव थापाले पदबाट राजीनामा दिनुभएको छ ।
कांग्रेसबाट विद्रोह गरेका शेखर कोइराला पक्षका केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि दलका नेता थापाले राजीनामा दिनु भएको हो । आज पत्रकार सम्मेलन गरी उहाँले नैतिकताका आधारमा संसदीय दलको नेताको पदबाट राजीनामा दिएको बताउनु भएको छ ।
थापाले नवनियुक्त मुख्यमन्त्री कार्कीलाई शुभकामना समेत दिनु भएको छ । उहाँले कार्कीलाई नै विश्वासको मत पनि दिने बताउनुभयो ।