राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वाेच्च अदालतको अन्तरिम आदेश

विराटनगर १६ कात्तिक । राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । आदेशमा राजदूत फिर्ता गर्ने निर्णयले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धसमेतमा असर पर्ने सक्ने सम्भावना देखिएको उल्लेख छ । त्यस्तै तत्कालीन मन्त्रिपरिषद्ले विभिन्न १७ देशमा राजदूत नियुक्त […]

मिटरव्याज विरुद्ध विराटनगरमा प्रर्दशन

विराटनगर १६ कात्तिक । मिटरव्याज विरुद्ध आज विराटनगरमा प्रर्दशन गरिएको छ । मिटर व्याज पीडितहरुले जिल्ला प्रशासन कार्यालय मोरङ अगाडीबाट शुरु गरेको प्रर्दशन जिल्ला अदालत, कोशी अस्पताल हुँदै पुन : जिल्ला प्रशासन कार्यालय अगाडी आएर धर्ना दिएका थिए । वित्तीय शोषण विरुद्ध किसान मजदुर आन्दोलन नेपाल, भूमि अधिकार आन्दोलन नेपाल र श्रमिक फोर्स नेपालले आयोजना […]

जेनजी आन्दोलन : कोशी प्रदेशमा ७७ करोडको क्षति

विराटनगर १५ कात्तिक । गत भदौ २४ मा भएको ‘जेनजी आन्दोलन’ का क्रममा कोशी प्रदेशमा आगजनी र तोडफोड हुँदा सरकारी सम्पत्तिमा करिब ७७ करोड रुपैयाँ बराबरको ठूलो क्षति भएको छ । कोशी प्रदेश सरकारले गठन गरेको ‘क्षति अध्ययन तथा मूल्यांकन समिति’ ले तयार पारेको प्रतिवेदनले यो विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको छ । प्रतिवेदनले […]

आज हरिबोधनी एकादशी

विराटनगर १५ कात्तिक । कात्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजाराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग विष्णुको विवाह र विशेष पूजा गरी मनाउने गरिएको हो । आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ। […]

सञ्चारकर्मी सञ्चार सहकारीले ९ प्रतिशत बोनस वितरण गर्ने

विराटनगर १४ कात्तिक । सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेड विराटनगरले शेयर सदस्यलाई ९ प्रतिशत बोनस वितरण गर्ने भएको छ । सहकारीको १४ औं बार्षिक साधारणसभाका अवसरमा अध्यक्ष दीपक दाहालले प्रस्तुत गरिएको ९ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित भएको हो । सहकारीले यसअघि १३ प्रतिशत बोनस वितरण गरेको थियो । २०६९ सालमा स्थापना भएको सहकारीमा […]