विराटनगर २० पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फ मोरङका ६ वटै निर्वाचन क्षेत्रीय कमिटीहरुको आज बसेको बैठलले ४३ जना उम्मेदवारको नाम सिफारिस गरेका छन् ।
क्षेत्रीय कमिटीहरुले कुनै पनि उम्मेदवारको एकल नाम सिफारिस गर्न सकेनन् । क्षेत्रीय कमिटीहरुले ३ देखि १६ जना सम्मको नाम सिफारिस गरेका छन् ।
नेता विनोद ढकालको नाम तीन वटा क्षेत्रबाट सिफारिस भएको छ । ढकाललाई क्षेत्र नं. १, ४ र ६ बाट सिफारिस गरिएको छ । गत ०७९ को निर्वाचनमा ६ वटा क्षेत्रहरु मध्ये एक मात्र क्षेत्रमा विजय भएको मोरङ २ मा पनि क्षेत्रीय कमिटीले एकल उम्मेदवार सिफारिस गर्न सकेन ।
निर्वाचन क्षेत्रीय कमिटीहरुका अनुशार मोरङ १ बाट कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, विनोद ढकाल, शान्ति लिम्वु, योगेश वस्नेत, डिल्लीशर्मा अधिकारी, भूपाल जिमीको नाम सिफारिस गर्ने तयारी गरिएकोछ । सो क्षेत्रबाट १५ जना आकांक्षीले नाम टिपाएपनि क्षेत्रीय कमिटीले ६ जनाको नाम मात्रै राखेर जिल्ला कमिटीलाई पठाउने तयारी गरेको श्रोतको भनाई छ ।
क्षेत्र नं. २ बाट निवर्तमान सांसद ऋषिकेश पोखरल, रंगेली नगर प्रमुख दिलिप अग्रवाल र पूर्व राष्ट्रियसभा सदस्य नैनकला ओझा, क्षेत्र नं. ३ बाट बासुदेव थापा, विजय डाँगी, मिलन घिमिरे , सुजय गौतम, प्रकाश राई, किशोर राई, प्रदेश सांसद ज्ञानेन्द्र सुवेदी, सुन्दरहरैचा नगर प्रमुख केदारप्रसाद गुरागाई , इरान राई, सुरेन्द्रबहादुर थापा, मधु गुरुङ, धनमाया तामाङ, वीरेन्द्र श्रेष्ठ, मोहनप्रसाद न्यौपाने, रविन थापा, पूर्व सांसद भानुभक्त ढकाल र युवराज बाँस्कोटाकाे नाम सिफारिस गरिएको छ ।
क्षेत्र नं. ४ बाट केन्द्रीय सदस्य जीवन घिमिरे, विनोद ढकाल, नरेन्द्र वस्नेत, बाबुराम कार्की, महेश भट्टराई, मुकेश बुढाथोकी, मनोजविक्रम शाह, मृत्युञ्जय झा र मीना चौधरी, क्षेत्र नं. ५ बाट उद्धव पोखरेल, वीरेन्द्र यादव, मीना यादव, मझार आलम, दिलसाद आलम र मनोज तिवारीको नाम क्षेत्रीय कमिटीले सिफारिस गरेको छ ।
क्षेत्र नं. ६ बाट पूर्व सांसद लालबाबु पण्डित, विनोद ढकाल,पर्शुराम वस्नेत, सत्यनारायण चौधरी, भूराज राई, यशोदा अधिकारी र रिता न्यौपानेको नाम सिफारिस गरिएको छ ।
क्षेत्रीय कमिटीले आज सिफारिस गरि जिल्ला कमिटीलाई नामहरु पठाएको छ । जिल्ला कमिटीले प्रदेश कमिटीलाई र प्रदेशले केन्द्रीय कमिटीलाई नाम पठाउने बताईएको छ ।