विराटनगर ७ फागुन । नेपाल ग्रामीण विकास समाज केन्द्र (एनआरडीएससी) विराटनगरको आयोजना तथा विराटनगर महानगरपालिकाको संयुक्त आयोजनामा विहीबार विराटनगर ९ कलेज रोडमा एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो ।
राजनीतिक विश्लेषक तथा कोशी प्रदेश योजना आयोगका पूर्ब उपाध्यक्ष पुरञ्जन आचार्यलेले शुभारम्भ गर्नुभएको सो शिविरमा दूई सयभन्दा बढी ज्येष्ठ नागरिक तथा अन्य उमेरका व्यक्तिहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो ।
शिविरको उद्घाटन सत्रमा संस्थाका सभापति मणिकुमार अज्र्यालले यस संस्थाले ज्येष्ठ नागरिकहरुका लागि संस्थाले विभिन्न स्वास्थ्य सुबिधा, फिजियोथेरापी सेवाहरु र अन्य कार्यक्रमहरु नियमित गर्दै आएको जानकारी दिनुभयाे। कार्यक्रममा भुवनेश्वर मण्डल, मिना जोशी लगायतको उपस्थिति रहेको थियो ।
स्वास्थ्य शिविरमा डा.प्रफुल्ल कोईराला, डा.उपेन्द्र कुमार साह, डा.राजाबाबु मण्डल समेत ३ जना चिकित्सक र अन्य मेडिकल स्टाप गरी ९ जनाले स्वास्थ्य चेकजाँच गरेका थिए ।
शिविरमा निःशुल्क जनरल मेडिसिन, हाडजोर्नी तथा नशा, पेट, छाती, मुटु, सुगर, प्रेशर सम्बन्धी समस्या, आँखा जाँच लगायतको परीक्षण गरिएको थियो ।
जाँचपछि स्वास्थ्य परामर्श तथा निःशुल्क आधारभूत औषधिहरू समेत वितरण गरिएको थियो ।
स्वास्थ्य शिविरमा नेपाल चिकित्सक संघ कोशी प्रदेश, रानी आँखा अस्पताल प्रा.ली., गेटवेल अस्पतालको प्राविधिक सहयोग समेत रहेकोमा चिकित्सक तथा सहयोगीसंस्थाहरुलाई प्रसंसापत्र समेत दिईएको एनआरडीएसीका भरतकुमार लुईंटेलले जानकारी दिनुभयाे ।