अहिलेकै अवस्थामा संघीय शिक्षा विधेयक पारित भए मान्य नहुने चेतावनी

विराटनगर ११ भदौ । नीजि विद्यालय सञ्चालकहरुले अहिलेकै अवस्थामा संघीय शिक्षा विधेयक पारित भए मान्य नहुने चेतावनी दिएका छन् । शिक्षा ऐन संशोधनको माग राखेर आन्दोलित भएका नीजि विद्यालय सञ्चालकहरु गोलबद्ध हुँदै निरन्तर खबरदारी गरिरहेका छन् । आज देशभरमा जिल्ला व्यापी अन्तरक्रिया गर्दै खबरदारी गरिरहेका नीजि विद्यालय सञ्चालकहरुले अहिले ल्याउन लागिएको ऐनले नेपालको शिक्षालाई ध्वस्त […]

मुख्यमन्त्री हिक्मतकुमार कार्की र इजरायली राजदूतवीच भेटवार्ता

विराटनगर ११ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र इजरायली राजदूत श्मुलिक आरि बासबीच मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विराटनगरमा भेटवार्ता भएको छ । सो अवसरमा मुख्यमन्त्री कार्कीले नेपाल–इजरायलबीचको ऐतिहासिक मित्रता रहेको उल्लेख गर्दै यसलाई अझ गाढा बनाउँदै अघि बढाउन आवश्यक रहेको बताउनुभएको छ । उहाँले कृषि, श्रम रोजगार र स्वास्थ्य क्षेत्रमा दुवै देशबीच मुख्य […]

महेन्द्र माेरङ क्याम्पस प्राध्यापक संघका लागि क-कस्काे पर्याे उम्मेदवारी ?

विराटनगर, १० भदौ । आगामी  भदौ १३ गते शुक्रबार हुने  त्रिभुवन विश्वविद्यालय प्रध्यापक संघ महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस इकाइको निर्वाचनका लागि मङ्गलबार १४ जनाले उम्मेद्वारी दर्ता गरेका छन् । सङ्घको क्याम्पस इकाइको ११ जनाको कार्य समितिका लागि १४ जनाले उम्मेद्वारी दर्ता गराएको सङ्घको क्याम्पस इकाइ निर्वाचन समितिले जनाएको छ । नेपाली काँग्रेस निकट नेपाल […]

आम सञ्चार विधेयक पारित अनिश्चत भयो : मुख्यमन्त्री कार्की

विराटनगर १० भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आमसञ्चार विधेयक पारित हुन समय लाग्ने बताउनु भएको छ । उहाँले चालु संसद अधिवेशनबाट विधेयक पारित हुने संभावना कम भएको बताउनुभयो । न्याय, प्रशासन तथा विधायन समितिबाट पारित भएर प्रदेशसभामा पेश भएको विधेयक प्रेस मैत्री नभएको भन्दै नेपाल पत्रकार महासंघ आन्दोलित भएपछि विधेयक पारित हुने संभावना […]

तीज पर्व महिलाको अधिकार, समता र आत्मसम्मानको प्रतीक : मुख्यमन्त्री कार्की

विराटनगर, भदौ १० । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले हरितालिका तीज पर्वले उत्साह, उमङ्ग र सामाजिक एकता बढाउने विश्वास व्यक्त गर्नुभएको छ। हरितालिका तीजको अवसरमा आज शुभकामना सन्देश दिँदै मुख्यमन्त्री कार्कीले यो पर्वलाई केवल धार्मिक मात्र नभई महिलाको अधिकार, समता र आत्मसम्मानको प्रतीक रूपमा लिनुपर्ने बताउनुभएको छ। मुख्यमन्त्री कार्कीले तीज पर्वले हाम्रो संस्कृति, परम्परा […]