त्रिभुवन माविका  विद्यार्थी खवासलाई उपचार सहयोग हस्तान्तरण

विराटनगर २२ पुस । मोरङको रङ्गेली नगरपालिका — १ स्थित त्रिभुवन माध्यमिक विद्यालय कक्षा १० का विद्यार्थी मनिष खवासको उपचारका लागि ४२ हजार सहयाेग हस्तान्तरण गरिएको छ ।
गत शुक्रबार  भलिबल खेल्ने क्रममा दाहिने हात भाँचिएका खवासको उपचारका लागि  साेही विद्यालयमा अध्ययनरत विद्यार्थीहरू, शिक्षक, कर्मचारी तथा विद्यालय परिवारकाे तर्फबाट ३२ हजार चार सय १०  र विद्यालयको तर्फबाट १० हजार गरि  ४२ हजार  चार सय १०  विद्यालयका अभिभावक  छेदीलाल खवासलाई हस्तान्तरण गरिएकाे हाे ।

कक्षा  १०  विद्यार्थीहरूले सहयाेगरकम संकलन गरि  विद्यालय प्रशासनलाई बुझाए पछि विद्यालय प्रशासनले विद्यार्थीको अभिभावकलाई उपचार खर्च सहयोग गरिएको  प्रधानाध्यापक केशरबहादुर बानियाले बताउनुभयाे ।

खवासकाे विद्यालयकाे अतिरिक्त क्रियाकलाप अन्तरगत भलिबल खेल्नेक्रममा शुक्रबार हात भाँचिएको थियाे ।