डा. खरेलको नेतृत्वमा कोशी अस्पतालद्धारा निर्वाचनका लागि र्यापिड रेस्पोन्स टिम गठन

विराटनगर १९ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा हुन सक्ने सम्भावित स्वास्थ्य आपतकालीन अवस्थाहरूलाई मध्यनजर गर्दै कोशी अस्पताल विराटनगरले विशेषज्ञ चिकित्सकसहितको यापिड रेस्पोन्स टिम गठन गरेको छ।

डा. यज्ञराज खरेलको संयोजकत्वमा ९ सदस्यीय टोली तयार पारेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट रामनारायण्ण चौधरीले जानकारी दिनुभयो । निर्वाचनको समयमा हुन सक्ने भवितव्य, दुर्घटना वा अन्य स्वास्थ्य समस्याहरूको तत्काल सम्बोधनका लागि अस्पतालले यो विशेष तयारी गरेको जनाएको ।

टोलीमा संयोजक खरेलसँगै डा. मञ्जु यादव, डा. रवि बास्ताकोटी, डा. नविन सुवेदी, डा. दिवसराज भण्डारी, डा. शन्निकुमार सोनी, डा. पुरणचन्द्र साह, बद्रि बस्नेत र अमित झा रहनु भएको छ ।

यो टोलीले निर्वाचनको अवधिमा अस्पतालमा आइपुग्ने आपतकालीन बिरामीहरूको उपचारमा नेतृत्वदायी भूमिका खेल्नेछ । अस्पतालले जनशक्तिसँगै आवश्यक औषधि र उपकरणहरूको पनि पर्याप्त व्यवस्था मिलाएको जानकारी दिएको छ ।