विराटनगर २४ कात्तिक । मधेश प्रदेशको प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदबाट हटाउने निर्णय सरकारले गरेको छ । मन्त्रिपरिषद् बैठकले उहाँलाई पदबाट हटाउने निर्णय गरेको हो । गत शनिबार मधेश प्रदेशको मुख्यमन्त्री पदबाट जितेन्द्रप्रसाद सोनार (सोनल)ले राजीनामा दिएपछि सोमबार बिहान ४ बजे बर्दिबासको पानस होटल प्रदेश प्रमुख भण्डारीले एमालेका सरोजकुमार यादवलाई संविधानको धारा १६८ को उपधारा […]
विराटनगर २४ कात्तिक । नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी दानबहादुर कार्की नियुक्त हुनु भएको छ । उहाँ काठमाडौं उपत्यका कार्यालय, रानीपोखरीमा कार्यरत हुनुहुन्थ्यो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई महानिरीक्षक नियुक्त गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो । प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ कात्तिक २६ […]
विराटनगर २४ कात्तिक । मधेश प्रदेश सरकार गठनविरुद्ध सर्वाेच्चमा रिट दायर भएको छ । कानुनका विद्यार्थी अर्जुन शाहले सोमबार रिट दायर गर्नुभएको हो । प्रदेश प्रमुखले संविधान विपरीत मुख्यमन्त्री नियुक्त गरेको भन्दै उक्त नियुक्ति बदरको माग राखेर शाहले रिट दायर गर्नुभएको छ । नेपालको संविधानको धारा १३३ बमोजिम उत्प्रेषण रिट जारी गरी मधेश प्रदेश प्रमुखद्वारा […]
विराटनगर २४ कात्तिक । विराटनगर महानगरपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गरेको छ । मोरङ जिल्ला स्तरीय स्वास्थ्य कार्यक्रमहरूको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक समीक्षा कार्यक्रममा १७ पालिकामध्ये विराटनगर तेस्रो स्थानमा पर्न सफलभएको छ । अघिल्लो आर्थिक वर्षभन्दा विराटनगर १६ औं स्थानबाट पाँचौं भएको थियो । पछिल्लो ६ महिनामा गरेको कार्यप्रगतिका कारण महानगरले महत्वपूर्ण उपलब्धि हासिल […]
विराटनगर २४ कात्तिक । आर्थिक अवस्था कमजोर भएका सुनसरीको देवानगञ्ज १ का ४० बर्षीय बुधराम पालमा स्वास्थ्य उपचारमा सहयोग गर्न परिवारका सदस्यहरुले आग्रह गरेका छन् । आर्थिक अवस्था कमजोर भएका कारण मजदुरी गरेर परिवार चलाउँदै आउनु भएका पालको काम गर्ने क्रममा टाउकोमा चोट लागी गम्भीर घाईते हुनु भएको छ । उहाँको गोल्डेन अस्पताल विराटनगरको भेन्टिलेटर […]