काेशी प्रदेशकाे मन्त्रिपरिषद् पुनर्गठन हुँदै, नवनियुक्त मन्त्रीहरूकाे आजै सपथ

विराटनगर २२ पुस । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज मन्त्रिपरिषद् पुनर्गठन गर्दैहुनुहुन्छ।

गठबन्धनमा रहेका कांग्रेस र एमालेले हाल नेतृत्व गरिरहेका मन्त्रालयमा नयाँ अनुहार पठाउने दुवै दलवीच सहमति भएकाे छ ।

एमालेबाट संखुवासभाका विदुर लिङथेप, आर्थिक मामिला तथा योजना, झापाका चिन्तन पाठक खानेपानी सिँचाइ तथा ऊर्जा र धनकुटाका इन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानुन, सुनसरीका रामप्रसाद महतोले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउने छन । यस्तै माेरङका उमाकान्त गौतमलाई राज्य मन्त्रीकाे जिम्मेवारी दिने तयारी छ

कांग्रेसबाट ओखलढुंगाका प्रदीप सुनुवार, भौतिक पुर्वाधार , माेरङका भीम पराजुली पर्यटन वन तथा वातावरण र मानबहादुर लिम्बू स्वास्थ्यमन्त्री बन्दै छन् शोभा चेम्जोङ राज्यमन्त्री र इस्राइल मन्सुरी उद्योग कृषि तथा सहकारी बन्ने भएका छन् ।

बहालवाला मन्त्री सबै फिर्ता बोलाएर नयाँ नियुक्ति गर्न कांग्रेस संसदीय दलका नेता उद्धव थापा र मुख्यमन्त्री कार्कीबीच सहमति भइसकेको छ ।

नवनियुक्त मन्त्रीहरूकाे संभवत आज साँझसम्म सपथग्रहण हुने मख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले श्राेतले जनाएको छ ।