राष्ट्रिय टी–२० क्रिकेट : सुदुरपश्चिम र आर्मी विजयी

विराटनगर २५ फागुन । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम र आर्मी विजयी भएका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा आज भएको पहिलो खेलमा सुदुरपश्चिम प्रदेशले विभागिय टोली नेपाल पुलिसलाई ५२ रनले पराजित गरेको छ । जितसँगै सुदुरपश्चिम ३ खेलमा २ मा जित र १ मा पराजित हुँदै ४ अंकको […]

आज महाशिवरात्रि पर्व

विराटनगर २५ फागुन । आज महाशिवरात्रि पर्व देशभरका शिवालयहरुमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवको पूजा गर्नेहरुको आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर लगायतका […]

स्थानीय तहहरुले स्वास्थ्यमा १० प्रतिशत बजेट छुट्याउन आवस्यक

विराटनगर, २४ फागुन । प्रत्येक स्थानीय तहहरुले १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा छुट्याउन सके मात्र आधारभूत स्वास्थ्य सेवा जनतालाई प्रदान गर्न सकिने सरोकारवालाहरुले बताएका छन । विराटनगरमा आयोजना गरिएको जनस्वास्थ्यको बहुपक्षिय सवाल विषयक अन्तक्रिर्या कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले पालिकामा १५ बेडको अस्पताल खोलेर विशेषज्ञ सेवा दिनै नसकिने कुरा जनप्रतिनिधिहरुले बुझ्नुपर्ने […]

इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगितामा मोरङ समुह विजेता

विराटनगर २४ फागुन । विराटनगरमा जारी तेस्रो संस्करणको इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगितामा लगातार ३ खेलमा जित निकाल्दै मोरङ समुह विजेता भएको छ । नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको प्राविधिक सहयोगमा विराटनगर–६ मा रहेको ज्वाला क्रिकेट मैदानमा जारी विहिबारको पहिलो खेलमा इलामलाई ८ विकेटले पराजित गर्दै मोरङ समुह विजेता बनेको हो । इलाम र […]

राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता : लुम्बिनी प्रदेश र मधेश विजयी

विराटनगर २४ फागुन । विराटनगरमा जारी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश र मधेश प्रदेश विजयी भएका छन् । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा आज भएको पहिलो खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गको छ । टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरको खेलमा १७ दशमलव १ बलमा […]