प्रेस चौतारी मोरङको अध्यक्षमा चीना थापा निर्वाचित

विराटनगर १२ माघ । प्रेस चौतारी मोरङको विराटनगरमा आज सम्पन्न ९ औं जिल्ला अधिवेशनले सर्वसम्मत रुपमा अध्यक्षमा चीना थापालाई निर्वाचित गरेको छ । थापा प्रेस चौतारी मोरङको पहिलो महिला अध्यक्ष हुनु भएको छ ।

जिल्ला कार्यसमितिको उपाध्यक्षमा शशांक पौडेल, महिला उपाध्यक्षमा रञ्जना अधिकारी, सचिवमा नवराज भट्टराई, सहसचिवमा कृष्णचन्द्र सुवेदी, समावेशी सहसचिवमा राजकुमारी तामाङ र कोषाध्यक्षमा पुन्य पी अधिकारी सर्वसम्मत हुनु भएको छ ।

सदस्यहरुमा निशान्त ढुङ्गाना, विशाल मण्डल, प्रमोद कार्की, सामना भट्टराई, संगीता राई, शिशिर राई, शिवशंकर परिहस्त, रोहन राई, दीपक खड्का, रामकुमार शर्मा, रोमा दाहाल, कुलदीप बाँस्तोला, विवेक खतिवडा र विदिशा भट्टराई रहनु भएको छ । जिल्ला अधिवेशनले आगामी माघ ३० गते विराटनगरमा हुने प्रदेश अधिवेशनका लागि प्र्रदेश परिषद् सदस्य र फागुन २५–२७ सम्म विराटनगरमा हुने १० औं महाधिवेशनका लागि केन्द्रीय परिषद् सदस्य पनि चयन गरेको छ । यसैवीच १० औं जिल्ला अधिवेशनका अवसरमा पत्रकार महेन्द्र विष्टलाई शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ ।

प्रेस चौतारी मोरङको ९ औं जिल्ला अधिवेशनका अवसरमा आज अरुण खवरका प्रधानसम्पादक विष्टलाई नगद २१ हजार राशी सहित कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मानित गर्नुभएको हो । प्रेस चौतारी मोरङका पूर्व अध्यक्ष समेत रहनु भएका विष्टलाई प्रेस चौतारी मोरङले यस वर्षको शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।

जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री कार्की, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश वस्नेत, सचिव विक्रम लुइँटेल, एमाले केन्द्रीय सदस्य जीवन घिमिरे, रामलाल साह, केन्द्रीय सल्लाहकार परिषद् सदस्य विनोद ढकाल, एमाले प्रदेश कमिटी अध्यक्ष घनस्याम खतिवडा, मोरङ अध्यक्ष बाबुराम कार्की, कोशी प्रदेश प्रचार तथा प्रकाशन विभागका प्रमुख लक्षुमन तिवारी, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य कमल रिमाल, प्रदेश अध्यक्ष भरत खड्का, मोरङ अध्यक्ष सुशीला पाठक लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।