हामी गरीबी निवारण गर्न बैकल्पिक राजनीतिक शक्ति निर्माणमा छौं : पूर्वप्रधानमन्त्री भट्टराई

विराटनगर १३ माघ । नेपाल समाजवादी पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मुलुकमा गरिबी निवारण गरि समृद्धि कायम गर्न बैकल्पिक राजनीतिक शक्तिको निर्माणमा लागेको बताउनु भएको छ ।

समाजवादी पार्टी(नयाँ शक्ति)को प्रथम कोशी प्रदेश सम्मेलन तथा नेपाल समाजवादी ट्रेड युनियन महासंघ प्रदेश तथा मोरङ सम्मेलनको शनिवार विराटनगरमा आयोजित उद्घाटन समारोहमा उहाँले कृषिको समुचित विकास र औद्योगिक क्रान्तिबाट मुलुक समृद्ध बनाउन सकिने भएकोले त्यसका लागि लागि बैकल्पिक पार्टी निर्माण गर्न लागेको धारणा राख्नु भयो । उहाँले यही माघ २७ ,२८ र २९ गते काठमाण्डौमा हुने पार्टीको केन्द्रीय महाधिवेशनले बैकल्पिक पार्टीको दिशा निर्धारण गर्ने बताउनु भयो ।

पार्टीका संयोजक भट्टराईले स्वतन्त्र र स्वाधिन मुलुक बनाउन समेत बैकल्पिक शक्तिको आवश्यक्ता रहेको धारणा राख्नु भयो । उहाँले भन्नु भयो,‘मुलुकबाट प्रत्येक बर्ष आठ लाख युवा बैदेशिक रोजगारीमा जाने कार्यको अन्त्य गर्न देशमा रोजगारमा उपलव्ध गराउनु पार्टीको मुख्य उद्देश्य रहेको छ ।’

पूर्वप्रधानमन्त्री भट्टराईले हिमाल, पहाड र तराईका जनताबीच सहकार्य गरी मुलुकमा आर्थिक विकास गर्नुपर्नेमा जोडदिनु भयो । उहाँले सबै जातजातिबीच सहकार्यबाट मुलुकमा सङ्घीयताको सफल कार्यान्वयन गर्न सकिने बताउने बताउनु भयो ।