विराटनगर, ९ वैशाख । कोशी प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले आज पद तथा गोपनीयताको शपथ लिनु भएको छ । कोशी प्रदेश सभा सचिवालयको सभाहलमा आयोजित कार्यक्रममा सभामुख अम्बरबहादुर विष्टले नेपालको संविधानको धारा १९५ को उपधारा १ बमोजिम शपथ ग्रहण गराउनु भएको हो । सचिव पराजुलीको प्रदेश सभा सचिव पदमा २०८१ वैशाख ८ गते पाँच वर्ष […]
विराटनगर ९ वैशाख । विराटनगर स्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन र विक्री वितरण गरेको आरोपमा विगत ९ महिनामा १९ वटा मुद्दा दायर गरेको छ । आइतबार विराटनगरमा आयोजित तेश्रो त्रैमासिक समिक्षा गोष्ठीमा सो कार्यालयले गरेका कार्यहरु र प्रगति विवरण सार्वजनि गरेको छ । यसै क्रममा सो कार्यालयले विराटनगर […]
विराटनगर ९ वैशाख । सुनसरी इटहरीका सबै विद्यालयका विद्यार्थीको पोशाक एकैथरी बनाउने उपमहानगरपालिकाको निर्णय निजी विद्यालयले अवज्ञा गरेका छन् । कार्यपालिकाका बहुमत सदस्य, राजनीतिक दल र प्रवुद्ध वर्गको साथ सहयोग रहेको भन्दै निजी विद्यालयको प्रतिनिधिमूलक संगठनहरुले विद्यालयको पोशाकसम्बन्धी निर्णय कार्यान्वयन नगर्न निजी विद्यालयहरुलाई आग्रह गरेका छन् । इटहरी उपमहानगरपालिकाले नयाँ शैक्षिक सत्रदेखि सरकारी र निजी […]
विराटनगर ९ वैशाख । पूर्वाञ्चल विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि १२ र १३ वैशाखमा उम्मेदवारहरूको अन्तर्वार्ता हुने भएको छ । उपकुलपतिको नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले १२ र १३ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा अन्तर्वार्ता हुने समय तालिका सार्वजनिक गरेको हो । उम्मेदवारहरूको सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण २७, २८ र […]
विराटनगर ९ वैशाख । विराटनगरका शिक्षाविद् सुधाकर ठाकुर आफ्नो डिग्री (एमएस्सी) ले चिनिने एमएस्सी सरको ८५ वर्षको उमेरमा निधन भएको छ । उनको उपचारको क्रममा विराट मेडिकल शिक्षण अस्पतालमा शुक्रबार निधन भएको हो । २०२३ सालमा विहार विश्वविद्यालयमा वरिष्ठ प्राध्यापक पदको प्रस्तावलाई खारेज गर्दै विराटनगरस्थित मिल्स माध्यमिक विद्यालयमा शिक्षकको रुपमा आफ्नो शैक्षिक पेशाको सुरुवात गरेका […]