कोशी प्रदेश सरकारद्धारा कृषि मूल्य सूचना प्रणालीको शुभारम्भ

विराटनगर १४ चैत । कोशी प्रदेश सरकारको उद्योग कृषि तथा सहकारी मन्त्रालयले कृषि मूल्य सूचना प्रणाली सञ्चालनमा ल्याएको छ । आज विराटनगरमा मन्त्रालयले एक कार्यक्रममा प्रणाली सार्वजनिक गरेसँगै सञ्चालनमा ल्याएको हो । कार्यक्रममा प्रदेशका उद्योग , कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले मूल्य प्रणाली सार्वजनिक गर्दै नेपाल कृषिप्रधान राष्ट्र भएता कृषिलाई विकास र समृद्धिको माध्यम […]

विराट गोल्डकप : उद्घाटन खेलमा पुलिस क्लव र रोयल थिम्पु एफसी भूटान भिड्ने

विराटनगर १४ चैत । विराटनगरको शहीद रङ्शालामा चैत १५ गते(भोलिदेखि) हुने रात्रिकालिन ‘विराट गोल्डकप फुटबल’ प्रतियोगिताको आठौं संस्करणको सम्पूर्ण तयारी पुरा भएको छ । प्रतियोगिताको मैदान सम्याउने, रङशाला , प्याराफिट मर्मत , रङरोगन जस्ता कार्य सम्पन्न भएको विराट गोल्ड कप ट्रष्टद्वारा आज प्रतियोगिता आयोजना स्थल आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा भारतको दुई, भुटानबाट […]

सुनकोशीमा बेपत्ता भएका थप २ बालबालिकाको शव भेटियो

विराटनगर १४ चैत । सुनकोशीमा बेपत्ता भएका थप २ जना बालबालिकाको शव भेटिएको छ । धाप्लाङ घाटभन्दा केही करिब १ किलोमिटर तल थप ८ वर्षीय चोकलचन्द्र मगर र ११ वर्षीया रेखा मगरको शव उत्रिएको अवस्थामा भेटिएको सशस्त्र प्रहरीको बराह बाहिनीका डीआईजी अन्जनीकुमार पोखरेलले बताए । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ । मंगलबार ९ […]

विराटनगरमा सहकारी अभियान्ताहरुवीच होलीको शुभकामना आदानप्रदान

विराटनगर ११ चैत । विराटनगरमा सहकारी अभियान्ताहरुवीच होली पर्वको अवसरमा शुभकामना आदान प्रदान गरिएको छ । जिल्ला सहकारी संघ लिमिडेड मोरङ र जिल्ला बहुउद्देश्यीय सहकारी संघ लिमिटेड मोरङको संयुक्त आयोजनामा आज शुभकामना आदानप्रदान गरिएको हो । कार्यक्रममा सहकारी अभियान्ताहरुले एक आपसमा विभिन्न रंगको अविर लगाएर शुभकामना आदानप्रदान गरेका थिए । राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष […]

इलाम–२ को उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय

विराटनगर ११ चैत । नेकपा (एमाले) ले इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतवार पार्टी मुख्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले नेम्वाङलाई सो निर्वाचन क्षेत्रको उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको हो । एमालेका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवाषचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन […]