साना तथा मझौला उद्योग प्रर्वद्धन समझदारी पत्रमा उद्योग वाणिज्य महासंघ कोशी र उदय परियोजना बीच हस्ताक्षर

विराटनगर २३ माघ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र उदय परियोजना बीच कोशी प्रदेशमा साना तथा मझौला उद्योग प्रर्वद्धनका लागि समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । समझदारी पत्रमा महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउत र उदय परियोजनाका टिम लिडर अरुण राणाले हस्ताक्षर गर्नु भएको छ ।

समझदारी पत्रमा हस्ताक्षर गर्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राउतले मुलुकको आर्थिक एवं सामाजिक विकासमा लघु घरेलु तथा साना उद्योगको महत्वपूर्ण स्थान रहेको र नेपालको कुल ग्राहस्थ उत्पादनमा करिब २२ प्रतिशत योगदान गरेर १७ लाख मानिसहरूलाई रोजगारी प्रदान गरेको साना तथा मझौला उद्योगको प्रवद्र्धन अपेक्षित रूपमा हुन नसकिरहेको अवस्थामा महासंघ कोशीले यस अघिनैं व्यवसायिक विकास सेवा सुरुवात गरेको उल्लेख गर्दै उहाँले यो समझदारी पत्रले महासंघ कोशीले यस प्रदेशमा सञ्चालन गरिरहेको व्यवसायिक विकास सेवाको प्रवद्र्धन क्षमता विकास संजाल विस्तार समन्वय तथा साना तथा मझौला उद्योगको दिगो विकास, विस्तार र व्यवसायिक अनुकूल वातावरण निर्माणको लागि योगदान पुग्ने बताउनुभयो ।

उदय परियोजनाका टिम लिडर राणाले यो समझदारी पत्रले कोशी प्रदेशमा सक्रिय साना तथा मझौला उद्योगलाई लक्षित गरि व्यवसाय विकास परामर्शदाता परिचालन गर्ने साझेदारीको रुपरेखा प्रस्तुत गर्ने बताउनु भयो । कोशी प्रदेशका साना तथा मझौला उद्योग प्रवद्र्धनमा महासंघ कोशीले विभिन्न कार्यक्रमहरु संचालन गदै आईरहेको छ ।

समझदारी पत्रमा उल्लेख उद्योगव्यवसायको पूँजीको पहुँच,लगानी तथा नवप्रर्वतक प्रर्वद्धन लगायतका कार्यक्रम महासंघ कोशी प्रदेशलेकोशी प्रदेशमा रहेका सबै जिल्ला/नगर उद्योग वाणिज्य संघ,वस्तुगत संघ तथा व्यवसायिक संघ/संस्थाको सहकार्यमा अघि बढाउने अध्यक्ष राउतले बताउनु भयो ।

यो कार्यक्रम डाई उदय परियोजना, स्विस सरकार विकास सहयोग र नेपाल सरकार अर्थ मन्त्रालयद्वारा संयुक्त रुपमा वित्तपोषण गरी कोशी प्रदेश आर्थिक मामिला तथा योजनामन्त्रालय एंव डाई ग्लोबल, युके लिमिटेडद्वारा कार्यान्वयन गरिएको छ ।